स्याङ्जा १६ जेठ । गह्रौ प्राथमिक अस्पताल वालिङमा मंगलबार देखि अत्यावश्यक प्रसुती शल्यक्रिया शुरु भएको छ । पहिलो पटक ३२ वर्षिय महिलाले दिनको ३ बजे स्वस्थ्य बच्चालाइ जन्मदिएको अस्पतालले जनाएको छ ।
्वालिङ नगरपालिकावडा न ६ महिलाले शल्यक्रिया मार्फत प्रसुती सेवाप्रदान गरिएको गह्रौ प्राथमिक अस्पतालका प्रमुख डाक्टर सुरज ठकाले जानकारी दिनुभएको थियो ।
उँहाले अस्पतालमा प्रसुती सेवा सञ्चालनमा आएसँगै धेरै महिलालाइ सहजनहुने र प्रसुतीको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको र यो सेवालाइ अझ सुविधायुक्त बनाउँदै लाने योजना रहेको बताउनुभयो ।
विशेषज्ञ चिकित्सक डा. नारायणबहादुर गोदार र डा. सुरज ढकालको संयुक्त स्वास्थ्यकर्मीको टीमले शल्यक्रिया गरेको थियो ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पदभार ग्रहण गर्दाकै दिनवालिङ नगरपालिकामा महिलाहरुलाइ परेको समस्या सामान्य शल्यक्रियाको लागि पनि पाल्पा र पोखरा धाउनुपर्ने बाध्यता रहेको यसको यहिवालिङ गह्रौ प्राथमिक अस्पतालबाट सेवा दिने उद्घोष गर्नुभएको थियो ।
नगरप्रमुखकृष्णखाँणले सेवा सञ्चालनमाआएपछिआफुले सुरुमा गरेको प्रतिबद्धता, योजना र आफ्नो एउटा सपना पुरा भएकोमाखुसीव्यक्त गर्नुभयो । सवै मिलेर कामगरियो भने असम्भव केहि नहुने जिकीर गर्दै नगरबासीलाइ आफु वालिङको नगर प्रमुख निर्वाचित गराउदै गर्दा अनुहार देखाउने भन्दा पनि काममा र अनुभुतिमा देखिने र जनताको सेवकको रुपमा कुराले भन्दाकामले देखिनुपर्नेमा जोड दिदै कामबाट खानेपानिको घारमा देखिने, कुलोको पानिमा, भत्केको बाटोमापिच भैरहेको, स्वास्थ्य समस्या समाधानको ठाँउमा मेयर देखिनुपर्ने बताउनुभयो ।
गह्रो प्राथमिक अस्पतालका प्रमुख मंगलबारदेखि अन्य थप अत्यावश्यक शल्यक्रिया हाइड्रोसिल, हर्निया र एपन्डिक्सको पनि सेवाप्रवाह भएको जानकारी दिनुभएको थियो ।