Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, June 6
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गल्याङका किसानलाई दुधमा २२ लाख अनुदान
    गल्याङ् नगरपालिका

    गल्याङका किसानलाई दुधमा २२ लाख अनुदान

    Syangja SandeshBy Syangja SandeshAugust 5, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २१ साउन । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले गल्याङका किसानहरु आत्मनिर्भर बन्दै गएको बताउनुभएको छ ।
    उहाँले किसानहरु व्यवसायिक र आत्मनिर्भर बन्ने क्रममा रहेको बताउनुभयो ।
    स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर २ बटुवामा भएको दुधमा प्रतिलिटर १५ रुपैयाँ तथा गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रमको अनुदान वितरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
    नगरप्रमुख अधिकारीले भन्नुभयो –‘अनुदानको व्यवस्थाले किसानहरु धेरै उत्साहित हुनुभएको छ । पूर्ण रुपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम यथावत रहनेछ ।’
    उहाँले नगरपालिकाले दिएको अनुदानको व्यवस्थाले किसानहरुमा व्यवसायिक बन्ने क्रम बढेको र यसलाई अझै व्यवस्थित बनाउने क्रममा नगरपालिका लागिरहेको बताउनुभयो ।
    बाटो खन्नु मात्रै विकास नभएको भन्दै उहाँले सन्तुलित विकासको अवधारणा अन्तर्गत जनजीविकामा परिवर्तन ल्याउने कुरामा सबैले जोड गर्नुपर्ने बताउनुभयो ।
    कृषिको बजारिकरण हुन सकेमा किसानलाई अझै उत्साह थपिने भन्दै नगरप्रमुख अधिकारीले गल्याङमा उत्पादन भएको कृषि उपजको विक्रीको ग्यारेण्टी नगरपालिकाले लिएको पनि दोहो¥याउनुभयो ।

    कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले गल्याङमा जस्तो अनुदानको व्यवस्था नेपालमा नै नभएको भन्दै त्यसको सदुपयोग गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।
    उहाँले अनुदानमा मात्रै भर पर्नु भन्दा पनि आत्मनिर्भर बन्ने योजनामा बढि लाग्न सुझाब दिनुभयो ।
    गल्याङ नगरपालिका वडा नम्बर २ का अध्यक्ष इवप्रसाद कर्माचार्यले गल्याङ नगरपालिकाका कारण किसानमा अहिले जीवनशैली फेरीएको बताउनुभयो ।
    कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर दुई की टिकाकुमारी रानाले सबैभन्दा धेरै दुधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान वापत छ महिनामा दुई लाख ४० हजार आठ सय ५९ रुपैयाँ ४० पैसा पाउनुभएको छ । साथै रानाले गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा गाई खरिद गरे वापत ४२ हजार रुपैयाँ अनुदान समेत प्राप्त गर्नुभएको छ ।
    कार्यक्रममा बटुवा दुग्ध उत्पादन संकलन केन्द्रमा दुध संकलन गर्ने ६६ जना किसानलाई उत्पादनको आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले ११ लाख ८६ हजार पाँच सय ७५ रुपैयाँ वितरण गरिएको छ ।
    यस्तै, कार्यक्रममा गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत १७ जना कृषकहरुलाई जनही ७२ हजार रुपैयाँका दरले जम्मा सात लाख १४ हजार रुपैयाँ पनि वितरण गरिएको छ ।

    यो पनि पड्नुहोस।। गल्याङ नगर अस्पताललाई स्तर उन्नती गरी व्यवस्थित बनाईने

    कार्यक्रममा बटुवा दुग्ध संकलन केन्द्रका अध्यक्ष एवम् कार्यक्रमका सभापति भिम भण्डारीले प्रतिलिटर १५ रुपैयाँ, लागत साझेदारी र व्याजमा अनुदान गरी आफ्नो संस्थाले झण्डै ३० लाख रुपैयाँ अनुदान प्राप्त गरेको जानकारी दिनुभयो ।
    गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशिल अर्याल, जनसम्पर्क शाखा प्रमुख दलबहादुर सिंजाली, वडा सदस्यहरु लालबहादुर जिटी, अशोक थापा, पशु चिकित्सक डाक्टर अनिस सापकोटा, पशु प्राविधिक अर्जुन जिटी, गाई पकेट लागत साझेदारी कार्यक्रमका अध्यक्ष रुमलाल कँडेल लगायतको सहभागीता रहेको थियो ।
    संस्थाका सचिव डिल्लीराम भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष सरस्वती भण्डारीले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण

    May 18, 2025

    गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती

    May 18, 2025

    आइतवारदेखि पठनपाठन सुरु गर्न गल्याङ नगरपालिकाको आग्रह

    April 26, 2025

    सात तोला ९६ लाल सुन सहित अर्याल पक्राउ

    April 17, 2025

    मालुंगा क्याम्पस स्ववियू सभापतिमा नेविसंघका गोबिन्द भण्डारी

    March 13, 2025

    स्याङ्जा क्रिकेट लिगको उपाधी गल्याङ् नगरपालिकालाई

    February 23, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.