स्याङ्जा २० असोज । गण्डकी प्रदेशसभाका चारवटै संसदीय समिति पूर्ण भएका छन् । शनिबार चारवटै समितिमा सभापति चयन हुनु भएको छ । तीनवटा समितिमा सत्तापक्षका सभापति छन् भने एउटामा प्रतिपक्षी सांसद सर्वसम्मत चयन हुनु भएका हो ।
सहमतिका आधारमा समितिको सभापतिको टुंगो लगाइएको हो । कांग्रेसले अर्थ तथा विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापति पाएको छ । माओवादीले सामाजिक विकास तथा कृषि र एमालेले सार्वजनिक लेखा समितिको सभापति पाएको छ ।
अर्थमा स्याङ्जाका भोजराज अर्याल, प्रदेश मामिलामा बागलुङकी चम्पा खड्का, सामाजिक विकासमा गोरखाका फडिन्द्र देवकोटा र सार्वजनिक लेखामा स्याङ्जाकै सुधीर पौडेल निर्विरोध निर्वाचित हुनु भएका छ ।
सबै समितिको सभापतिमा एक÷एक जनाको मात्रै मनोनयन दर्ता भएको संसद् सचिवालयले जनाएको छ । उहाहरू निर्वाचित भएको घोषणा आइतवार बिहान र त्यसपछि शपथ लिने कार्यक्रम रहेको छ ।