स्याङ्जा, २० पुस । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री एवं नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठ लगायतलाई पितृशोक परेको छ ।
स्याङ्जाका समाजसेवी एवं मन्त्री श्रेष्ठ लगायतका पिता पुननारायण श्रेष्ठको ९५ वर्षको उमरेमा सोमबार साँझ निधन भएको हो ।
भीरकोट नगरपालिका जन्मथलो भए पनि उहाँ केही बर्षयता छोराका साथ काठमाण्डौं बस्दै आउनु भएको थियो ।
स्वर्गीय पुननारायणको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उहाँका ४ छोरा ३ छोरी र दर्जन भन्दा बढी नातिनातिना हुनुहुन्छ । उहाका पत्नीको भने केही बर्षअघि निधन भैसकेको छ ।