स्याङ्जा, मंसिर ७ । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा तुलसीराम रेग्मी क्षेत्रीय सभापतिमा विजयी हुनु भएको छ ।
खसेको मतको ६३९ मत ल्याई विजयी हुनु भएको हो । उहाकानिकटतम प्रतिस्पर्धी ओमबहादुर भट्टले ३१४ मत ल्याउनु भएको थियो भने अर्का प्रतिस्पर्धी दुर्गाप्रसाद पौडेलले २६ मत ल्याउनु भयो । यहाँ १०१२ मत खसेको थियो ।
यसैगरी, क्षेत्रीय सचिवमा मनोज मल्ल र सूर्यप्रसाद शर्मा लामिछाने विजयी हुनु भएको छ । सहसचिवमा ध्रुव शर्मा र पशुपति पोख्रेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, क्षेत्र नं. २ मा दिलिपप्रताप खाँण बिजयी हुनु भएको छ । उहाले ८२३ मत प्राप्त गर्दे बिजयी हुनु भएको हो । प्रतिस्पर्धी धु्रव शर्मा पंगेनीले ३६४ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, सचिवमा फणीनारायण रेग्मी (दिपक) र यादवप्रसाद पाण्डे (सुन्दर) सहित सहसचिवमा प्रमोद पोखरेल र राजेश डुम्रे निर्वाचित हुनुभएको भएको निर्वाचन समितिले जनाएको छ।
Monday, April 21
Trending
- मोटरसाईकल चोरीको आरोपमा २ जना प्रहरी नियन्त्रणमा
- माछा मार्ने बिद्युत्तीय सामान सहित खोलामेै मृत भेटिए सेन
- जवरजस्ती करणीको आरोपमा ५५ बर्षिय दमै पक्राउ
- चोरी र सवारीसाधन तोडफोडआरोपमा चार बालक पक्राउ
- सात तोला ९६ लाल सुन सहित अर्याल पक्राउ
- पहिलो वार्षिकोत्सबमा शुभकामना, भित्तेपात्रो विमोचन सहित सम्मान कार्यक्रम
- मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरु
- पचास दिने प्लम्बिङ तथा इलेक्ट्रिकल रिपियरिङ तालिम