Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, December 13
    Trending
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    • स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
    • पुतलीबजारमा सेवाग्राहीलाई निशुल्क स्वास्थ्य परीक्षणको सुबिधा
    • राष्ट्रपति कप रनिङ शिल्ड गल्याङको उपाधी भानुभक्तलाई
    • पञ्चेबाजामा भीिरकोटको एकबार आमा समूह प्रथम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कोरियाबाट फर्केका भण्डारीले बाख्रापालनमा रमाउदै
    ब्यवसाय

    कोरियाबाट फर्केका भण्डारीले बाख्रापालनमा रमाउदै

    Syangja SandeshBy Syangja SandeshJune 26, 2021Updated:July 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १२ असार । कोरियाबाट फर्केका धु्रव भण्डारीले आफ्नै जन्मथलो गल्याङ नगरपालिका—१ मालुंगा फाँटमा बाख्रा पाल्नु भएको छ। झन्डै १२ वर्षअघि कोरिया बस्नुभएका उहाको आठ वर्ष उतै बित्यो। आम्दानी पनि रामै्र थियो। नेपाल फर्केपछि राजधानीमा घर बनाउनुभयो। व्यवसाय पनि । तर, उहालाई राजधानीमा बस्ने मन भएन। अन्ततः जन्मघर फर्केर बोयर बाख्रापालन सुरु गर्नुभयो।

    कोरियाको एक पानीजहाज कम्पनीमा काम गरेको स्मरण गर्दै उनी भन्छन्, ‘त्यता जति यहाँ गर्ने हो भने नेपाल पनि कोरियाजस्तै बन्न धेरै समय लाग्दैन।’ बाख्रा र हरियाली पाखा पखेरामै सन्तुष्ट मिलेको उहा भन्नुभहुन्छ ।
    करिब तीन वर्षअघि अस्ट्रेलियाबाट तीन वटा बोयर बाख्रा ल्याएर व्यवसाय सुरु गरेका उनको फर्ममा अहिले ७० वटा बाख्रा पुगेका छन्। प्रतिबोका २ लाख ५० हजार रुपैयाँमा अस्ट्रेलियाबाट खरिद गरेकोे उहाले बताउनुभयो । त्यसपछि चितवनबाट पनि २ वटा बोयर बोका ल्याए। ‘प्रतिबोका २ लाख ७० हजारमा किनेर ल्याएका ती बाख्रा पाँच दिनभित्रै दुइवटै मरे। तर, हरेश खाइनँ’, उहा भन्नुहुन्छ ‘फेरि चितवनबाटै दुईवटै बाख्रा ल्याए।’

    बाख्रासहित भौतिक पूर्वाधारलगायत करिब ३५ लाख लगानी गरेको उहाको भनाई छ । अहिलेसम्म उहाले ५ वटा बोयर बाख्रा मात्र बेचेको बताउनुभयो । ‘एक सय वटा पुगेपछि बल्ल बिक्रीतर्फ सोच्नेछु’ उहाले भन्नसभयाृ। अहिले पनि उहासग लाखौं मूल्यबराबरका बाख्रा छन्।

    बाख्रा २ वर्षमा ३ पटक ब्याउने गर्छन्। झन्डै एक सय ५० दिनको वरपरमा ब्याउँछन्। पहिलो बेतमा प्रायजसोले एउटा पाठापाठी जन्माउँछन् तर केहीले २ वटा पनि जन्माउँछन्। दोस्रो बेतपछि भने २र२ वटा ब्याउने गर्छन्। चाररपाँच महिना पुगेका बोयर पाठापाठी २ लाखमा बिक्री भएको उहाको भनाई छ । एक वर्ष पुगेका पाठीहरू गर्भाधानका लागि तयार हुन्छन्।‘मालुंगा नमुना बोयर फर्म’ दर्ता गरी सुविधा सम्पन्न खोर बनाएर बाख्रा पालिएका छन्। बाख्राका लागि आवश्यक पर्ने दाना, पानी, घाँस मिलाएर दिएपछि खासै समस्या देख्नुहुन्न उहा । उहाको २१ रोपनी जग्गामा आधुनिक घाँस र ३० रोपनी जग्गामा परम्परागत घाँस छन। फर्ममा परिवारका ३ जना र बाहिरका २ जनाले बाख्राको रेखदेख गर्छन््।
    भण्डारीको कर्म देखेर गल्याङ नगरपालिकाले फार्म सुधार, प्राविधिक एवं घाँस सहयोग गर्दै आएको पशु सेवा शाखा प्रमुख सुशील अर्याल भन्नुभुहन्छ। हेर्दा पनि निकै लोभ र रहर लाग्दोगरी बाख्रा पालिएका छन्। यो फर्मलाई स्रोत केन्द्रका रूपमा विस्तार गर्नेगरी नगरपालिकाले छलफल सुरु गरेको अर्यालको भनाइ छ।

    विदेशमा गरेको परिश्रमले नेपालमै केही गरौं भन्ने भावना जगाएको छ। अबको पुस्ता यही बस्नुपर्छ। विदेशमा गर्ने जति मेहनत यहाँ गरे राम्रो आम्दानी गर्न सकिन्छ। व्यवसायको आम्दानीबारे उहाले भन्नुभयो ‘अहिलेसम्म लगानी गरेको छु। अब आम्दानी लिने समय बल्ल आएको छ। त्यो राम्रो हुने देखेको छु।’ अहिले उनीसँगै ५७ वटा बोयरका क्रसबाख्रा र ९ वटा शुद्ध बोयर बोका छन्।
    गल्याङकै नमुना फर्म भएको पशु शाखा कार्यालयले जनाएको छ। सो फर्मलाई बोयर प्रजनन केन्द्र बनाउने गरी सहयोगको तयारी भइरहेको नगरप्रमुख भूपराज अधिकारीले जानकारी दिए।

    गल्याङलाई कृषिका माध्यमबाट अगाडि बढाउन यस्ता खालका कृषिजन्य आयोजनाहरू विस्तार एवं संरक्षणमा पालिकाको साथ हुने नगर प्रमुख अधिकारीको भनाइ छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राजेन्द्र ढकालको संयोजनमा आँधीखोलामा उद्योग वाणिज्य संघ इकाई गठन

    January 18, 2023

    फेदिखोलामा पालिकास्तरीय कृषि प्रदर्शनी एवं मेला

    January 8, 2023

    सूर्या लाइफ इन्स्योरेनसको उत्प्रेरणा एवं पुर्नजागरण कार्यक्रम

    September 25, 2022

    वालिङमा उद्यमी बनाउन स्टार्टअपमा नगद अनुदान

    September 19, 2022

    श्रम शिक्षा तथा श्रम विवाद सम्बन्धि अन्र्तक्रिया

    September 10, 2022

    वालिङ उद्योग वाणिज्य संघको ८ औं अधिवेशन स्थगीत

    September 4, 2022
    Leave A Reply Cancel Reply

    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025

    पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    December 12, 2025

    स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश

    December 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025

    पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी

    December 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.