स्याङ्जा, १९ जेठ । जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाले कोभिड–१९ को अवधिमा लाग्ने कर छुट र जरिवाना मिनाहार्को माग गरेको छ। संघले विज्ञप्ती मार्फत सो माग गरेको हो।निषेधाज्ञाले ठूला र साना उद्योग व्यवसायीको आर्थिक अवस्था दुःखद रहेको जनाउदै यस अवधिमा लाग्ने कर छुटका लागि तीनै तहका सरकारसंग संघको आग्रह हो।
संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति र स्थानीय सरकारलाई बुझाउनुपर्ने कर छुट गरी जरिवाना मिनाहा गर्न विषयगत मन्त्रालय र तीनै तहका सरकारसँग विज्ञप्ती मार्फत संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले अनुरोध गर्नुभएको छ ।
‘कोरोनाको पहिलो लहरमै आक्रान्त बनेका व्यवसायी दोस्रो लहरमा थला परेका छन्’ अध्यक्ष श्रेष्ठद्धारा बिज्ञप्तिमा उल्लेख छ, ‘कोरोना अवधिको ब्यवसाय करमा छुट र जरिवानामा मिनाह भएमा व्यवसायीको पिडामा मलम लगाएको अनुभूति हुनेथियो।’ स्थानीय सरकारले आर्थिक बर्ष ०७७÷७८ को स्थानीय ब्यवसाय कर मिनाहगरी खोप लगाउन पाउने अधिकारलाई सुनिश्चितता गरिदिन सरकार, राष्ट्र बैंक, अर्थ मन्त्रालय, स्वासस्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका सरोकारवाला निकायले पहल गरिदिन माग गरिएको छ।
संघका सचिव मित्रबन्धु पोखरेलले बुझाएको बिज्ञप्ति लिदै प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत उज्वल बस्नेतले आफुलाई प्राप्त बिज्ञप्ति तत्काल सरोकारवाला निकायलाई जानकारी गराउने बताउनुभयो ।