स्याङ्जा २ जेठ । मानवअधिकार तथा शान्ति समाज स्याङजाले कुशासन र दण्डहीनता बिरुद्धको अभियान र्मगलबार देखि सुरु गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका मुल दोषिलाई कारवाही गर भन्दै मंगलार जिल्ला प्रशासन कार्यालय स्याङजाको प्रवेश द्धारमा आधा घण्टा धर्ना दिएको छ । सुशासनको प्रत्याभूति, आर्थिक पारदर्शिता र जवाफदेहिता सुनिश्चिता गर । मानव अधिकार मैत्री ऐन बनाउ । संक्रमणकालिन न्याय प्रक्रियालाई टुंगोमा पु¥याउ भन्ने बिबिन्न माग सहित धर्नाका कार्यक्रम गरेको हो ।
धर्नापछि बोल्दै मानवअधिकार तथा शान्ति समाजका सभापति हरिप्रसाद रेग्मीले भ्रष्टाचार मुक्त अभियानमा सबै जुट्नु पर्ने बेला आएको बताउनुभयो ।
सोही कार्यक्रममा समाजका उपाध्यक्ष भवानी अधिकारी, सचिव गंगादेवी अर्याल, कोषाध्यक्ष शान्ति ढकाल, सहसचिव हरिप्रसाद अर्याल लगायतले जबसम्म भ्रष्टाचार हुन्छ, तबसम्म मानबअधिकारको रक्षा नहुने बताउनुभयो ।