स्याङ्जा ४ जेठ । स्याङ्जा स् कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा र सावित्रा कोइराला निर्वाचित हुनु भएको छ । थापाले आपना प्रतिस्पर्धी नेपाली कांग्रेसका माया रानालाई १ हजार ६४५ मत अन्तरले पछि पार्दै विजयी हुनु भएको छ ।
उहाले ६ हजार ७०० मत पाउनु भएको थियो भने रानाको ५ हजार ५५ मत छन्। उपाध्यक्ष कोइरालाले ६ हजार २२३ मत पाउनुभयो । उहाका प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४ हजार ८३९ मत पाउनुभयो । कोइरालाले १ हजार ३ सय ८४ मतान्तरले विजयी हुनुभयो ।
गाउँपालिकाको वडा नं १, ३ र ६ मा एमालेका अध्यक्ष क्रमशस् कृष्णबहादुर लामिछाने, देवेन्द्रकुमार थापा र सुन्दरप्रसाद अधिकारी निर्वाचित हुनु भएको छ । अन्य वडामा २, ४, ५ र ७ मा गठबन्धनतर्फका खगिसरा आले, यावदप्रसाद पाण्डे, रुकबहादुर थापा र ७ मा प्रकाश भट्टराई विजयी हुनु भएको हो ।
यसअघि, २०७४ स्थानीय निर्वाचनपछि थापा र कोइरालाले नै अध्यक्ष र उपाध्यक्ष हुनुहुन्थ्यो । गाउँपालिकामा १७ हजार ९३८ जना मतदाता भए पनि १२ हजार २७१ ले मात्र मतदान गरेका थिए।
Tuesday, October 14
Trending
- फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
- स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
- जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
- अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
- डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
- एक हजार २८ प्याकेट पटका बरामद
- भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
- एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ