Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » कालीगण्डकी नदीमा सशस्त्र प्रहरीको ‘सिमुलेशन’
    समाचार

    कालीगण्डकी नदीमा सशस्त्र प्रहरीको ‘सिमुलेशन’

    Syangja SandeshBy Syangja SandeshApril 8, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २५ चैत । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम (राम्दी) मा ‘बाढी पहिरोमा उद्धार नमुना अभ्यास’ (सिमुलेशन) गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल ३० गुल्म स्याङ्जाको आयोजनामा सिमुलेशन गरिएको हो। राम्दी स्थित कालीगण्डकी नदीमा बाढी पहिरो आउँदा र नदीले बगाउँदा गरिने उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म लैजाने बिधिका बारेमा नमुना अभ्यास गरिएको हो।


    सशस्त्र प्रहरी बल नेपाल ४ मुक्तिनाथ बाहिनी र गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयको समन्वयमा स्याङ्जामाा सिमुलेसन गरिएको हो। बाढी पहिरो आउदा कसरी र कुन कुन माध्यम उपयोग गरेर मानवीय तथा सोसंगै जोडिएका भौतिक संरचनाको उद्धार एवं सहयोग कसरी गर्न सकिन्छ भन्ने अभ्यास गराइएको सशस्त्र प्रहरी नायब उपरिक्षक मोहन न्यौपानेले जानकारी दिनुभयो ।


    बर्षेनी जाने बाढीपहिरो, चट्याङ्, आगलागी, दुर्घट्ना र महामारी लगायतका बिपत्ती तथा प्रकोपका कारण हुने जनधनको क्षती न्युनिकरणका गर्न उद्धार टोलीले गर्नु पर्ने बिबिध कार्य, तयारीका बारेमा सिमुलेसन गरिएको हो। प्रकोपका घट्नाबाट उत्पन्न विपद्को अध्याधिक जोखिम मध्ये नेपाल एक हो। बाढी र पहिरोजन्य जोखिममा नेपाल विश्वका ३० औं रहेकोे छ। बर्षेनी बाढी पहिराले धेरै ब्यक्तिले ज्यान गुमाएका हुन्छन भने करोडौं मूल्य बराबरको सम्पती नष्ट हुन्छ।


    यस्तै प्राकृतिक तथा अन्य विपत्तीबाट छिटो छरितो जोगिन र जोगाउनका लागि तत्काल अपनाउन सकिने बिधि र प्रक्रिया अपनाई सिमुलेशन गरिएको मुक्तिनाथ बाहिनीपति शम्भु सुवेदीले जानकारी दिनुभयो ।‘विपत्ती र आपत्ती कति बेला आउछ त्यो थाहा नै हुदैन।’ बाहिनीपति सुवेदी भन्छन्, ‘बिपत्तिका बेला सुरक्षाकर्मीले आफनो शरिरलाई जोखिममै राखेर पनि उद्धार कार्यमा खटिरहन्छन भने उद्धार टोली यसरी नै तयारी अवस्थामा खटिएका हुन्छन।’ बर्षेनी गरिने यस्ता अभ्यास अन्र्तगत यसबर्ष लम्जुङ्मा भूकम्प सम्बन्धी, कास्कीमा फेवातालमा डुब्ने अभ्यास सम्बन्धी र स्याङ्जा विपद उद्धार सम्बन्धी नमूना अभ्यास गरेको बाहिनीपति सुवेदीले जनाउनुभयो ।


    जिल्लामा हुने हरेक विपद्का बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले बढो जिम्मेवारीपूर्वक काम गर्दे आएको प्रमुख जिल्ला अधिकारए एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका राजुप्रसाद पौडेलले बताउनुभयो । प्रजिअ पौडेलका अनुसार, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ कार्यान्वयमा छ। जसका कारण विपद् व्यवस्थापन तथा उद्धारमा थप सहज बनेको छ। स्याङ्जाका गल्याङ नगर प्रमुख भुपराज अधिकारी र पाल्पाका बगनासकाली अध्यक्ष बिष्णुप्रसाद बस्यालले यस्ताखाले नमूना अध्यास वडातहसम्म पुरयाउनुपर्नेमा जोड दिए। सुरक्षा निकायसंगै स्थानीय युवाहरुलाई तालिम दिएमा विपत्तिका बेला धेरै सहज बन्नेमा उहाहरुका भनाई छ।


    झण्डै डेढ घण्टाजतिको नमूना अभ्यासमा क्रममा ‘बाढीपहिरोमापरी कालीगण्डकी नदीमा चिच्चाउदै बगेका ४ युवाहरुलाई केही सुरक्षाकर्मीले डोरीबाट हामफालेर, केही डुंगामा चढेर, केही पौडिदै गएर बग्दै आएका युवालाई उद्धारगरी, प्राथमिक उपचार गरेर अस्पतालसम्म पुरयाउने सम्मका र एक वेपत्ता ब्यक्तिलाई गोताखोरका माध्यमबाट खोजेर नदीबाट बाहिर निकाली मृत रहेको शरिर उनका आफन्तलाई जिम्मा लगाउनेसम्मका चरणबद्ध कार्य प्रर्दशन गरिएको थियो। यसैगरी, बाढी पहिरोले घर भत्केपछिका उद्धार र अस्थायी घर बनाई स्थानान्तरणसम्मका अभ्यास पनि गरिएका थिए।’


    नमूना अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहली, नेपाली सेना लगायत सुरक्षाकर्मीको सहभागि थिए भने कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी निरीक्षक उमेश ढकालले गरेका थिए।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.