स्याङ्जा २६ असोज । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य चयनको निर्वाचनमा केन्द्रमा हैकम राख्ने २ नेताबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
स्याङ्जाको क्षेत्र नं. २ बाट केन्द्रिय उपसभापति र केन्द्रिय सचिवबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। केन्द्रमा समेत बलियो पहुँच रहेका दुबैको चुनावी प्रतिस्पर्धा गृहजिल्ला स्याङ्जामा देखिने भएको छ।
नेपाली काँग्रेस उपसभापति धनराज गुरुङ र नेकपा एमालेका सचिव पद्मा अर्याल बीच चुनावी प्रतिस्पर्धा हुने भएको हो। यि दुईबीच चुनावी प्रतिस्पर्धा निकै रोचक हुने बताइएको छ।
गुरुङ् पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा छन्। यसअघि उहा २ पटकसम्म समानुपातिकतर्फबाट संसद बनिसक्नुभएको छ । अर्याल भने २०७४ सालमा निर्वाचित सांसद हो ।
संघिय सांसदका लागि क्षेत्र नं. २ मा ४ स्वतन्त्र सहित १३ जनाको उम्मेदवारी दर्ता भएको छ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पाटीका टिकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल, एकिकृत शक्ति नेपालका नरबहादुर खड्काथोकी, राष्ट्रिय जनमुक्ति पार्टीका रिमीसरा गाहा राना, कांग्रेस वीपीका गणेशप्रसाद पाण्डेय, नेपाल कम्यूनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) डोलराज विक, मंगोल नेशनल अर्गनाइजेशनका चोकबहादुर गुरुङ सहित सागर ढकाल, ढालप्रसाद पाण्डे, कोपिलदेव न्यौपाने र चिरन्जीवी पाण्डेयले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
यसैगरी, २ को (क) प्रदेशमा काँग्रेसका भोजराज अर्याल, एमालेका मोहन रेग्मी, नेकपा समाजवादीका रामचन्द्र भट्टराई, मंगोल नेशनल अर्गानाईजेशनका राजु गुरुङ, राष्ट्रिय जनमोर्चाका हुमबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका सागर गैह्रे र धनबहादुर गुरुङले स्वतन्त्र उम्मेदवार दिएका छन्।
(ख) मा कांग्रेसका महेश भट्टराई, एमालेका बुद्धिमान श्रेष्ठ, मंगोल नेशनल अर्गानाईजेशनका खर्कबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका खडगबहादुर झेडी, राष्ट्रिय प्रजातन्त्र पाटीका कमलप्रसाद डुम्रे, मौलिक जरोकिलो पार्टीका तोयानाथ ढकालको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय वालिङ्ले जनाएको छ।
आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चयन निर्वाचनका लागि स्याङ्जाको निर्वाचन क्षेत्र २ बाट २६ जनाको उम्मेदवारी दर्ता भएको छ। संघतर्फ १३ जना, प्रदेश (क) मा ७ जनार (ख) मा ६ जनाको उम्मेदवार दर्ता भएको हो।
दुई संघिय र ४ प्रदेशसभा रहेको स्याङ्जाको क्षेत्र नं. १ मा ३० जनाको उम्मेदवारी परेको हो। जसमध्ये संघतर्फ १५ जना र प्रदेश (क) मा ८ र (ख) मा ७ जनाको उम्मेदवारी दर्ता भएको छ।