स्याङ्जा ६ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेन अन्तर्गत सोमबार (आज) स्याङ्जा लगायत बिभिन्न जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका सबैजसो जिल्लामा आज प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने भएको हो।
स्याङ्जाका २ प्रतिनिधीसभा निर्वाचन क्षेत्रमा चुनावी प्रक्रिया अघि बढेका छन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार आज देशभरका १४८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नयाँ कार्यसमिति चयनका लागि अधिवशेन हुँदैछ । एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा पनि सोमबार नै जिल्ला अधिवेशन हुने कांग्रेसले जनाएको छ ।
एउटा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । हिमाली क्षेत्रका करिव १५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी जिल्लामा मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ ।
महाधिवेशन प्रतिनिधि पनि चयन गर्ने भएकाले प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनलाई निकै महत्वका साथ लिइन्छ । महाधिवेशन प्रतिनिधिले नै पार्टीको केन्द्रीय सभापति सहित कार्यसमिति चयन गर्ने विधानको व्यवस्था छ ।
जिल्ला अधिवेशन गर्ने कार्यतालिका आउँदो १० गते तोकिएको छ । कांग्रेसको प्रदेश सभा अधिवेशन मंसिर १६(१७ गते हुँदैछ भने कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४(२६ सम्म काठमाडौंमा हुुने महाधिवेशन कार्यतालिमा रहेको छ ।
Wednesday, December 3
Trending
- ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
- भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
- पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
- त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
- गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
- भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
- वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
- मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
