काठमाडौं, जेठ २३ । कर्णाली प्रदेशमा थपिएका दुई मन्त्रीले आइतबार शपथ लिएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त दिनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीले आइतबार शपथ लिनुभएको हो ।
नेपाली कांग्रेसबाट सहभागी भएका हुन् । श्रेष्ठ जलश्रोत तथा ऊर्जा विकास र बिसीले सामाजिक विकास मन्त्रीको जिम्मेवारीको रूपमा सपथ लिनुभएको हो ।उहाँहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
२०७४ मा आफ्नै नेतृत्वमा स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव गराएको नेपाली कांग्रेस सवा तीन वर्षपछि पहिलो पटक सत्तामा गएको छ। निर्वाचनपछि कुनै पनि प्रदेश र केन्द्र सरकारमा कांग्रेसका मन्त्री थिएनन्। आइतबार पहिलो पटक कांग्रेस कर्णालीको प्रदेश सरकारमा उक्लिएको हो।
एमालेले शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कर्णालीका तीन जना मन्त्रीले राजीनामा दिएका थिए। सुरूमा सात सदस्यीय कर्णालीको मन्त्रिपरिषद् अब ८ सदस्यीय बनेको छ। मन्त्रिपरिषदमा मुख्यमन्त्री, आन्तरिक मामिला र अर्थ मन्त्री माओवादीका छन्। यस्तै तीन जना फ्लोर क्रस गरेर एमालेबाट कारबाहीमा परेका मन्त्री छन्।