Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 7
    Trending
    • लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
    • मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
    • कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
    • वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
    • लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
    • फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
    • अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
    • जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » करदाताको सहयोगी बन्दै अर्जुन चौपारी, गण्डकी मै पहिलो कर सहायता कक्ष
    अर्जुनचौपारी गाउँपालिका

    करदाताको सहयोगी बन्दै अर्जुन चौपारी, गण्डकी मै पहिलो कर सहायता कक्ष

    Syangja SandeshBy Syangja SandeshNovember 1, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ कात्तिक । अर्जुनचौपारी गाउँपालिकामा गण्डकी प्रदेशमै पहिलो पटक कर सहायता कक्षको स्थापना गरिएको छ ।
    पालिका भित्रका नागरिकका कर सम्बन्धि समस्यालाई सहायता गर्ने उदेश्यले करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा पालिकामा सहायता कक्षको स्थापना गरिएको हो ।


    गाउँपालिकामा करदाता र कर कार्यालय जोड्ने फोकल व्यक्तिको रुपमा गाउँपालिकाकै आलेप कर्मचारी अस्मिता रेग्मीलाई पालिकाले तोकेको छ । कर सहायता कक्ष र फोकल ब्याक्तीले पालिकास्तरमा कर सम्बन्धी चेतना दिने, प्राविधिक रुपमा करदातालाई सहयोग गर्ने, करदाता सेवा कार्यालयसँग समन्वय गर्नेछ ।


    गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकामा सहायता कक्षको सहयोगमा पालिकाबाटै सुबिधाहरु दिने सके जनमैत्री सेवा प्रवाह हुने र करको बारेमा गुनासो घट्ने बताउनुभयो । कर प्रशासनलाई जनमैत्री र प्रविधीमैत्री बनाउने भनेर पटक पटक भनिंदै आएपनि जनतामा वित्तीय र डिजिटल साक्षरता अझै न्यून रहेको तिवारीको भनाई थियो ।


    करदाता सेवा कार्यालय स्याङ्गजाका कर अधिकृत विजय भुसालले ३० लाख सम्मको कारोबार गर्ने करदाताको करचुक्त्ता प्रमाणपत्र निकाल्ने, युजर आइडी पासवर्ड बनाउने, व्यक्तिगत पानको फर्म भर्ने जस्ता घरबाटै हुन सक्ने काममा कर सहायता कक्ष फलदायी हुने बताउनुभयो । सामान्य कर चेतनाको कमीले बिल बिजक जारी गर्ने, लेखा अद्यावधिक राख्ने जस्ता कामहरु पनि व्यवसायीले गर्न नसकेको अवस्थामा पालिकामा स्थापना गरेकोे कर सहायता कक्ष करदाताको लागि भगवान बन्ने भुषालले जनता अझै पनि कर प्रशासनसंग त्रसित हुने गरेको बताउनुभयो । जनता र प्रशासन बिचको त्रासलाई अन्त्य गर्न समय समयमा कर शिक्षा दिंदै आएको बताउदै बताउदै भुषालले दूरदराजमा पुगी करशिक्षा दिनु स्रोतको हिसाबले चुनौती रहेको बताउनुभयो ।


    प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले टाढा टाढाका पालिकाहरुबाट सदरमुकाम सम्म खर्च गरेर पुग्नु पर्ने र ब्यवसायीबाट ठगिने करदाताको बाध्यतालाई कर सहायता कक्षले अन्त्य गर्ने बताउनुभयो । पालिका भित्रका करदाता पालिकाको कर सहायता कक्षमा आएपछि एकै चोटीमा कर सेवा कार्यालयमा काम हुने गरी पठाउने शर्माले बताउनुभयो । कर सहयोग कक्ष करदाताको लागि अधिकार नभई सहज बनाउन स्थापना गरिएको हो ।


    यस अघि पालिकाले पालिका भित्रका ७० वटा आमा समुहको पालिकाको पहलमा न्युनतम महशुलमा अडिट र करचुक्ताको लागि आवश्यक सहयोग गरेको थियो । पालिकाले तोेकेको फोकल व्यक्तिलाई आवश्यक तालिम करदाता सेवा कार्यालयले दिनेछ ।


    करदाता सेवा कार्यालय स्याङजाले देशमै पहलिो भएको बताएपनि गण्डकी प्रदेशको पहिलो पटक अर्जुन चौपारीमा प्रयास गरेको र यस पश्चात जिल्लाका अन्य पालिकामा समेत शुरुवात गर्ने तयारी गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025

    फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम

    December 5, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025

    वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो

    December 6, 2025

    लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया

    December 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान

    December 6, 2025

    मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन

    December 6, 2025

    कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा

    December 6, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.