चितवन १३ मंसिर । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भन्दै तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै तीन जनाले उम्मेदवारी दर्ता गर्नु भएको छ ।
पार्टीको दशौं महाधिवेशनमा निवर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । ओलीले आफूलाई अध्यक्षका रुपमा प्रस्ताव गर्दै सूची बनाउनुभएको छ। त्यसका विरुद्ध अध्यक्ष पदमा रावलले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
यस्तै, उपाध्यक्षमा ओलीले युवराज भुसाल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल र सुवास नेम्वाङलाई प्रस्ताव गर्नुभएको छ । उपाध्यक्ष पदमा घनश्याम भुसालले ओलीको सूचीलाई चुनौती दिँदै उम्मेदवारी दर्ता गराएका छन् । यस्तै सचिव पदमा भीम आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । उहाको नाम पनि ओलीको सूचीमा समावेश छैन ।
Saturday, October 18
Trending
- पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
- फोहोरमैला व्यवस्थापनबाटै वालिङले २७ लाख आम्दानी
- पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
- राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
- प्रहरी दिवसका अवसरमा खुला रक्तदान
- खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
- भूमि आयोग पुनस्र्थापनाको माग
- बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान