स्याङ्जा २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको प्रवेशिका परीक्षा (एसईई)को परीक्षाफल शनिबार दिउँसो प्रकाशित भएको छ। जस अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताउनुभयो । कोरोना भाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी प्राप्तांक पठाएका थिए । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले परीक्षाफल प्रकाशन गरेको हो । परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकम र एनसेलको वेबसाइट मार्फत परीक्षाफल हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको १६०० र एनसेलको १६०० नम्बरमा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।
Saturday, November 8
Trending
- चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
- स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
- स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
- पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
- फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
- खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
- कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
- कृषकका असल साथी, सम्झनामा माधव सर
