स्याङ्जा २६ साउन । माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उतिर्ण विद्यार्थीलाई नेपाल विद्यार्थी संघ चापाकोट नगर कार्यसमितिले सम्मान गरेको छ । चापाकोट — ९ सिटिहलमा आयोजित कार्यक्रममा बिद्यार्थीलाई सम्मान सहित प्रशंसापत्र प्रदान गरेको हो ।
चापाकोट नगर प्रमुख देवबहादुर खाण (इस्वर)ले नेपाली काङ्ग्रेसको नर्सरी नेविसंघ जुनसुकै क्षेत्रमा अब्बल हुने गरि अध्ययन गर्न सुझाव दिनुभयो । नगर प्रमुख खाणले आफु नेविसंघमा काम गर्दै नेतृत्व गर्न सफल भएको बताउदै सूचना–प्रविधि लगायतका प्राविधिक विषयमा सम्भावनाहरू रहेको भन्दै जुनसुकै विषय पढे पनि चापाकोटका विद्यार्थी उत्कृष्ट हुनुपर्ने बताउनु भयो ।
काँग्रेस महाधिवेशन प्रतिनिधि रामचन्द्र पङेनी, शिक्षक संघ स्याङ्जा जिल्ला अध्यक्ष पशुपति पौडेल, नेपाली काङ्ग्रेस नगर सभापति विक्रम सारु, नेविसंघ का नेता धनराज पौडेल लगाएतले सक्षम विद्यार्थीले मात्रै देश निर्माण गर्न सक्ने भन्दै नीति निर्माण तहमा पुगेर मुलुकको विकास गर्न सुझाव दिनुभयो ।

नेपाल विद्यार्थी संघ चापाकोट नगर सभापति महेश डोटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियन स्याङ्जाका उपाध्यक्ष गोपीकृष्ण रेग्मीले स्वागत एव. प्रेमनारायण रेग्मी संचालन गर्नुभएको थियो ।
चापाकोटका नीजि तथा सामुदायिक विद्यालयका १ सय ५० विद्यार्थीलाई सम्मान गरिएको थियो।
यसैगरी, महेश डोटेल नेविसंघको केन्द्रिय सदस्यमा मनोनीत भएसंगै सुनिल पंगेनीलाइ चापाकोटको कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको नेविसंघले जनाएको छ ।