स्याङ्जा, १९ असार । भीरकोट नगरपालिका सचिवालयमा एकल महिलाहरुका लागी क्षमता अभिवृद्धि तालिम भएको छ ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा भीरकोट नगरपालिकाको समन्वयमा सोमबार एक दिने एकल महिलाहरुका लागी सामाजिक कुरिति विरुद्धको अभियान तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो ।
तालिमको अवसरमा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले एकल महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनुपर्ने भन्दै समाजको विकासमा एकल महिलाहरुको पनि उत्तिकै महत्व र भुमिका रहेको बताउनुभयो ।
सकारात्मक सोँचले नै सिंगो समाजलाई परिर्वतन गर्ने भएकाले परम्परागत रुपा रहेका गलत संस्कारहरु हटाउन आवश्यक रहेको नगरप्रमुख कर्माचार्यले बताउनुभयो ।
नगरका ९ वटै वडाका एक महिलाहरु गरी ७० जनाको सहभागिता थियो ।