Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, August 25
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » एकल महिलाका लागि नेतृत्व विकास एवं कानूनी साक्षरता तालिम सम्पन्न
    पुतलीबजार नगरपालिका

    एकल महिलाका लागि नेतृत्व विकास एवं कानूनी साक्षरता तालिम सम्पन्न

    एकल महिलाहरुलाई लक्षित गर्दै स्याङ्जामा नेतृत्व विकास एवं कानूनी साक्षरता तालिम दिइएको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 29, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ असार । एकल महिलाहरुलाई लक्षित गर्दै स्याङ्जामा नेतृत्व विकास एवं कानूनी साक्षरता तालिम दिइएको छ ।

    सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा २ दिने तालिम दिइएको हो । तालिमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले महिलाहरु सामाजिक, राजनैतिक एवं आर्थिक रुपमा सक्षम बन्नका लागि पनि यस्ता प्रशिक्षण आवश्यक पर्ने बताउनुभयो ।

    तालिमले आत्मविश्वास बढाउनुका साथै आफना आवश्यकता र हितका पक्षका खुलेर बोल्न सक्ने बनाउन सहजीकरण गर्ने उहाले भन्नुभयो । आफना हक, हित र अधिकारका बारेमा थापा पाउन, उपयोग गर्न पनि यस्ता तालिमको आवश्यकता रहेको ओैल्याउनुभयो ।

    हिजो घरभित्र सिमित रहनु अवस्थालाई चिर्दै, सक्षम बन्दै सत्ता र सरकारका उच्च पदस्थ तहमा महिलाले नेतृत्व गरिरहेको बताउदै सबै महिलाहरु सक्षम र सबल बनेर स्वाबलम्बी बन्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा प्रहरी उपरीक्षक शालिकराम शर्मा, पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष भवानी अधिकारी, मानव अधिकारका लागि एकल महिला जिल्ला संजालका उपाध्यक्ष लक्ष्मी पौडेल लगायतले तालिममा सिकेका सीप, कलालाई कार्यान्वयन गर्न सुझाव दिनुभयो ।

    दुई दिने प्रशिक्षणमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला न्यायधिवक्ता श्रीकला पौडेल, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख शोभाचन्द्र रेग्मी, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीले लैगिंक हिंसा एवं घरेलु हिंसा, कानूनी उपचार, महिला तथा एकल महिलाका अवस्था, हक अधिकार, कानूनी ब्यवस्था, नेतृत्व विकास एवं बोल्ने कला र सामाजिक जिम्मेवारी र उत्तरदायित्वका बारेमा समेत प्रशिक्षण दिइएको कार्यालयका प्राबिधिक द्रोर्ण पनेरुले जानकारी दिनुभयो ।

    सामाजिक विकास कार्यालयका प्रमुख शोभाचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नायब सुब्बा द्रोर्ण पनेरुले संचालन गर्नुभएको थियो । नेतृत्व विकास तालिममा जिल्लाभरका १० वटा पालिकाकागरी ३० जना एकल महिलाको सहभागिता थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.