स्याङ्जा १२ जेठ । जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको ल्याण्ड लाईन फोन नंम्बर ०६१—४२४१२१ हो । नेपाल टेलिकम मार्फत जहिलेदेखि स्याङ्जामा ल्याण्ड लाईन फोन सेट बितरण कार्य सुरु भयो। तवदेखि जिल्लाकै सबैभन्दा अग्रणी संस्था उद्योग वाणिज्य संघले पनि ०६३— ४२०१२१ नम्बर पाएको हो ।
पछिल्लो समय इन्टरनेटको पहुँच बिस्तारसंगै नम्बरका केही अंक परिवर्तन गरिएता पनि यस संस्थाको नम्बर भने उही नै छ। सोही नम्बरबाट मुलुकभरका झण्डै १ सय २५ जिल्ला नगर सहित, ब्यक्ति, संघ, संस्था, कार्यालयमा सम्पर्क गरिदै आएको छ ।
तर, पछिल्ला केही दिन यता, स्याङ्जा स्थित उद्योग वाणिज्य संघ स्याङ्जा कार्यालयको नाममा रहेको सोही ल्याण्ड लाईनको फोन सेटबाट सम्पर्क गर्दा ट्रियुकलर प्रयोगकर्ताका नम्बरमा दुर्गा प्रसाई झापा आउने संघ परिवार के कसरी भयो भनेर अचम्मित भएको अध्यक्ष रविन्द्रमान श्रेष्ठ भन्छन्। ट्रियुकलर प्रयोग नगर्नेका लागि भने यो समस्या देखिदैन ।
यस्तो समस्या केही महिनादेखि देखिएको बताउनुहुन्छ संघका वरिष्ट उपाध्यक्ष हिक्मत श्रेष्ठ । यस बारेमा उहाले नेपाल टेलिकमसंग बुझ्दा यस बारेमा आफनो संस्थालाई जानकारी नभएको भन्ने जवाफ पाएको जानकारी गराउनुभयो ।
उहाले थप्नुभयाृो, ‘आजकल यताबाट गरेको फोन पनि साथीहरु उठाउनुहुन्न । ट्रियुकलरमा यस्तो आउने भएर पो हो की ।’
उद्योग ब्यवसायीका हक, हितका पक्षमा काम गर्ने उदेश्यले वि.सं. २०१३ सालमा स्थापित स्याङ्जा उद्योग वाणिज्य संघ जिल्लाकै सबैभन्दा पुरानो संस्था हो। केन्द्रिय संघकोे पनि संस्थापक सदस्य मध्येको एक हो ।
लोकतन्त्रको स्थापनासंगै आमनागरिकलाई सूचना, प्रबिधिको उपयोग गर्न पाउने अधिकारवाट सुनिश्चित गराउने उदेश्यले राज्यद्धारा बिक्रीबितरण गरिएका यस्ता प्रबिधिमा देखिएको त्रुटी तत्काल सच्चाउनका उद्योग ब्यवसायीको माग छन् ।