स्याङ्जा ३० बैशाख । पुतलीबजार नगरपालिका वडा नं. १ अन्र्तगतको वडा स्तरीय महिला संजालले २ दिने उदघोषण तथा कानूनी साक्षरता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको समापन गर्दै उपप्रमुख देवी अर्यालले तालिममा सिकेका सीपलाई आजदेखि नै ब्यवहारमा लागु गर्न सुझाव दिनुभयो । विकास निर्माणसंससंगै महिलाका ब्यक्तित्व र सशक्तिकरणको आवश्यकता पर्ने बताउदै उहाले आउदो बर्षमा पनि वडा तहदेखि नगरपालिकाले यस्ता खालका प्रशिक्षण कार्यक्रम संचालन गर्ने बताउनुभयो । नगरपालिकाको सिमित स्रोत भएका पनि चाहे बमोजिमका कार्यक्रम संचालनमा कठिनाई हुने बताउदै साना खालका यस्ता कार्यक्रमो ठूलो प्रभाव रहने जनाउदै ब्यक्तित्व निर्माण संगै आयआर्जनमा जोडिन पनि सहभागीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, कार्यपालिका सदस्य अनिता रुचाल, सदस्य बिष्णुकुमार श्रेष्ठ, प्रमुख प्रशिक्षक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवं कानून बिभाग प्रमुख सरिता तिम्सिना पंगेनी, आमा मिलन केन्द्रका अध्यक्ष सुनिता पौडेल, सहभागी मिना रोका, शान्ता पौडेल, मोतीसरा रेग्मी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुुभएको थियो ।
वडा महिला संजालका अध्यक्ष देवी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव पार्वती पौडेलले गर्नुभएको थियो । तालिममा वडा नं. १ अन्र्तगतका २८ टोल विकास संस्थाका महिला प्रतिनिधिगरी ६० जनाको सहभागिता थियो ।