स्याङ्जा १ पुस । आधीखोला गाउपालिकामा शैक्षिक सप्ताह सम्पन्न भएको छ । शैक्षिक सप्ताह अन्र्तगत माध्यामिक तह स्तरिय छात्र छात्रा भलिबल खेल र अन्य विभिन्न छ विधाका अतिरिक्त क्रियाकलाप गरिएका हुन।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत माध्यामिक तह स्तरिय छात्र छात्रा भलिबल खेल र अन्य विभिन्न छ विधाका क्रियाकलाप भएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष सुधिर कुमार पौडेलले खेलकुद र अतिरिक्त रचनात्मक क्रियाकलापले विद्यार्थीको शारिरिक साथै सृजनात्मक क्षमतामा अभिवृद्वि गर्दै थप अनुशासित बनाउदै लैजाने बताउनुभयो । खेलकुद तर्फ आँधीखोला गाउँपालिका भित्रका माध्यमिक तह स्तरीय छात्र तथा छात्राहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा छात्रतर्फ प्रथम त्रि शहीद नमुना मा वि, दोश्रोमा श्रवण मा वि बाङसिङ र तृतीयमा जनप्रदीप मा वि भएको छ ।
छात्रातर्फको प्रतियोगितामा श्रवण मा वि प्रथम र जनप्रदिप मा।वि दोश्रो भएका छन ।
यसैगरी, हाजिरी जवाफतर्फ श्रवण मावि प्रथम, त्री शहिद नमुना मावि। द्वितिय र प्रधुम्न पनेरु मावि तृतिय भएका छन । नेपाली हिज्जे मा प्रधुम्न पनेरु मा।वि। प्रथम, त्री शहिद नमुना मा।वि। द्वितिय र जनप्रिय मा।वि। तृतिय भएका छन ।
अंग्रेजी हिज्जे प्रतियोगितामा जनप्रदिप मा।वि। प्रथम, भगवती मा।वि। द्वितिय र त्रि शहिद नमुना मा।वि। तृतिय भएका छन । नेपाली श्रृतिलेखन मा जनप्रदिप मा। वि। कि स्वस्थानी सापकोटा, शारदा मा।वि। कि आकृति ढकाल र त्रि शहिद नमुना मा।वि। कि सृष्टि ढकाल क्रमस प्रथम, द्वितिय र तृतिय भएका छन ।
अंग्रेजी श्रृतिलेखनमा प्रधुम्न पनेरु मा। वि का सबिन भुजेल प्रथम, जनप्रदिप मा। वि। कि सम्पन्न पोख्रेल द्वितिय र शारदा मन्दिर मा।वि। कि रोशनी ढकाल तृतिय भएका छन् । चित्रकला प्रतियोगितामा जनहित मा।वि। कि डिम्पी गुरुङ्ग, शारदा मन्दिर मा।वि। कि सिम्रन ढकाल र जनहित मा।वि। का विकास नेपाली क्रमश प्रथम, द्वितिय र तृतिय भएको प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो ।
विद्यालय स्तरबाटै खेलाडिहरु उत्पादन गर्ने उद्देश्यले सञ्चालन गरिएको र र बिद्यार्थीले पनि आफना क्षमता प्रर्दशन गर्ने अवसर पाएकोमा उपाध्यक्ष शर्मिला पौडेलको भनाई छ ।
गाउपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलले बिजयी तथा सहभागी छात्रछात्रालाई बिभिन्न पुरस्कारद्धारा पुरस्कृत गर्नुभएको पालिकाका सूचना अधिकारी रोशन लामिछानेले जानकारी दिनुभयो ।