Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आधारभूतआवश्यकता पुरा गर्ने काम गर्नेछुः मन्त्री अर्याल
    गण्डकी प्रदेश

    आधारभूतआवश्यकता पुरा गर्ने काम गर्नेछुः मन्त्री अर्याल

    Syangja SandeshBy Syangja SandeshMay 13, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३० बैशाख । गण्डकी प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सरस्वती तिवारीले तीन तहको सरकारसंग समन्वय गरेर विकास निर्माण अभियानमा आफू लाग्ने बताउनु भयो । निर्वाचनका बेला जनतासंग गरेका बाचाहरुलाई राज्यले विकास निर्माण अभियानमा ध्यान दिन नसकेका क्षेत्रबाट कार्य सुभारम्भ गर्ने बताउनु भयो ।


    स्याङ्जाको गल्याङ नगरपालिका वडा नं. ५ स्यालबास स्थित सत्यशिला माध्यमिक विद्यालयको प्रथम ऐतिहासिक अभिलेखिकरण तथा ६४औँ वार्षिकोत्सव कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।


    गण्डकी प्रदेशका उर्जा, सिंचाई तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले देशमा संघिय संरचना कार्यान्वयन भएपनि अझै पनि नागरिकको आधारभुत आवश्यकताहरु पुरा हुन नसकेको बताउदै गणबन्धन सरकारसंग बसेर स्याङ्जाका दुरदराजका गाउबस्ती र वडाबाट विकास निर्माण अभियानको थालनी गर्ने कुरा बताउनु भयो ।


    उहाले गाउँमा बस्ने नागरिकले आज पनि राम्रोसंग पानी पिउन पाउनु भएको छैनन् धेरै दुख पाईरहेको, गुणस्तरीय शिक्षा सहज रुपमा बालबालिकाले प्राप्त गर्न नसकेको अवस्थामा नागरिकका आधारभुत आवश्यकतालाई सहज पुर्ति गर्नका लागी प्रदेश सरकार प्रतिवद्ध रहेको मन्त्री तिवारीले बताउनुभयो ।


    प्रदेश सरकारले एक घर एक धारा अभियान ल्याएको भन्दै त्यो अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागी वर्तमान सरकार लागिपरेको मन्त्री तिवारीले बताउनु भयो । सडक पुर्वाधारको विकास गर्दै स्थानीयले उत्पादन गर्नुभएको उपजहरुको बजारीकरण गर्दै जिल्लाका विकट मानिएका वडाहरुको पहिचान गरी नागरिकको जिवनस्तरलाई सहज बनाउने प्रयास प्रदेश सरकारले गर्ने मन्त्री तिवारीको भनाई छ ।


    कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेश भट्टराईले सामुदायिक विद्यालयमा राज्यले धेरै खर्च तथा लगानी गरेको भन्दै अपेक्षित उपलब्धी हाँसिल गर्न नसकिएको बताउनुभयो । प्रतिविद्यार्थी राज्यले हजारौँ खर्च गरेपनि सोहि अनुसारको उपलब्ध लिन नसकिएको अवस्थामा राज्यका सम्बन्धीत निकाय तथा शिक्षक, अभिभावक र विद्यार्थी पनि यसमा गम्भीर हुनुपर्ने सांसद भट्राईको भनाई छ ।


    कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने, संस्थापक देवी प्रसाद बस्याल, पूर्व अध्यक्ष जय बहादुर भट्टराई लगायतले ग्रामिण क्षेत्रको विद्यालयको शैक्षिक गुणस्तर वृद्वि गरेर बसाई सराई रोक्नु पर्ने र विद्यार्थीहरुलाई समयानुकुल व्यवहारिक जीवन उपयोगी शिक्षा प्रदान गर्नु पर्ने कुरा बताएउनु भयो ।


    कार्यक्रममा विद्यालयलाई महत्वपूर्ण योग्दान पु¥याउने जग्गादाता, चन्दादाता, पूर्व विद्यालय व्यवस्थापन समिति,पूर्व प्रअहरु,पूर्वशिक्षक लगायतलाई सम्मान साथै स्मारीका विर्मोचन गरिएको थियो ।कार्यक्रम बैशाख २८ गते उद्घाटन गरिएको कार्यक्रम तीन दिन सम्म सञ्चालन भई ३० गते सम्पन्न भएको थियो । कार्यक्रममा हास्य कलाकार पुरुषोतम भण्डारी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुति समेत रहेको छ ।


    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ड्याम बहादुर पाडे मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य हुम बहादुर क्षेत्रीले र कार्यक्रमको सञ्चालन भूतपूर्व विद्यार्थीहरु द्वय श्याम राना मगर र कल्पना पाडे मगरले गर्नु भएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.