स्याङ्जा २४ भदौ । आज १०९ औ वीपी जन्मजयन्ती । नेपाली कांग्रेस स्याङ्जाले बिबिध कार्यक्रम गरी वीपी जयन्ती मनाएको छ । पुतलीबजार नगरपालिका १ स्थित कांग्रेसको पार्टी कार्यालयमा प्रवचन र वीपी चोकमा वीपीको शालिकमा माल्यापर्णगरि वीपीका योगदानका बारेमा चर्चा परिचर्चा गरिएका छन् ।
यसैगरी, पुतलीबजार नगरपालिका ९ स्थित कोल्मामा पनि १०९ वीपीजयन्ती मनाउनुका साथै भदौ १० गतेदेखि जारी जनताको साथमा कांग्रेस अभियान अन्र्तगत पहिलो चरणको कार्यक्रम पनि समापन गरिएको छ । समापन कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वअर्थ राज्यमन्त्री चीनकाजी श्रेष्ठले नेपाली कांग्रेस र वीपीका उच्च बिचारलाई आमसमुदायमा पुरयाउनु पर्ने बताउनुभयो । आम मानिसका हक, हित र अधिकारका पक्षमा पहिलो पटक आवाज उठाउने वीपी कोइराला र उहाका बिचार आज र भोलीसम्म पनि उपयोगी रहने बताउनुभयो । उहाले आउदो निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउनकालागि सबै नेता तथा कार्यकर्ताहरु एकजुट भई आ आफना कर्ममा लाग्न समेत सुझाव दिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद एवं सचेतक भागवतप्रकाश मल्ल, प्रदेश सदस्य अजित क्षेत्री, क्षेत्रीय सभापति एवं नगरप्रमुख तुलसीराम रेग्मी, महाधिवेशन प्रतिनिधि देवेन्द्र गुरुङ र प्रेमराज पोैडेल, प्रदेश सभापति केशरबहादुर खाँण, कांग्रेस नेता दुर्गा गुरुङ, नगर सभापति सुरज अधिकारी, नवप्रवेशी जीतबहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कांग्रेस सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति शेरबहादुर थापाले स्वागत एवं प्रवक्ता भरतप्रसाद लम्सालले संचालन गर्नुभएको थियो ।
यसैगरी, सोही कार्यक्रममा बिभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फका वडाध्यक्ष पदका उम्मेदवारले दलको सदस्यता परित्यागतगरी बिभिन्न ५५ जनाले नेपाली कांग्रेसको सदस्यता लिनुभएको छ ।