स्याङ्जा १२ असोज । आज (बुधवार) विश्व रेविज दिवस स्याङ्जामा पनि मनाइएको छ । एक स्वास्थ्यको कार्यान्वयन ः रेबिजबाट सुन्य निधन भन्ने मुल नाराका साथ आज विश्व रेविज दिवस मनाइएको हो ।
दिवस संगसंगै हाल बढ्दो अवस्थामा रहेको डेंगी रोगका बारेमा समेत सचेतना कार्यक्रम गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा आयोजित कार्यक्रमको उदघाटन गर्दे निमित्त प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीले रेबिजबाट बच्न र बचाउने आफु मात्र सचेत भएर नपुग्ने जनाउदै आफु लगायत समाज र आफु कार्यरत क्षेत्रमा समेत सचेतीकरण गर्नु पर्ने बताउनुभयो । संक्रमित पशु तथा ब्यक्तिबाट सर्ने हुँदा दुबै रोगका रोकथामका लागि स्वास्थ्य, सरसफाई लगायतका बिषयमा बिशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख बशुन्धरा शर्माले रेविज र डेंगी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । लामखुट्टे र उसका बासस्थानलाई खोज र नष्ट गर भन्ने अभियान पनि संचालन गरिएको छ ।
कार्यक्रममा मेडिकल सुपरिेटेन्डेण्ट डा. रमेश आचार्य, प्रहरी नायब उपरीक्षक रविन्द्रप्रसाद खनाल, रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्याल, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारी लगायतले रेविज र डेंगी लाग्न नदिने उपाय अपनाउन सुझाव दिनुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी नमिता रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य अधिकृत बिष्णुप्रसाद सुवेदीले स्वागत एवं ल्याब टेक्निसियन अधिकृत पृथ्वी लामिछानेले संचालन गर्नुभएको थियो ।
यसैगरी, स्वास्थ्य प्रमुख बसुन्धरा शर्माले रेबिजबाट बच्न बौलाएका जनाबरका टोकाइबाट बच्न सुझाव दिदै यदि टोकिहालेमा तुरुन्त घाउ सफा गरेर अस्पतालमा गइ खोप लगाउन सुझाव दिनुभयो ।
यस्तै, लामखुट्टेको माध्यमबाट सर्ने डेंगी रोगबाट बच्न सुत्दा नियमित झुल लगाएर सुत्ने, लामखुट्टेका लार्भाप्यूपा नष्ट गर्ने, लामा वाहुला भएका कपडा लगाउने, पानी धेरै दिनसम्म जम्मा गरेर नराख्ने लगायत काम नियमित गर्न सकेमा डेंगीरोगबाट वच्न सकिने जानकारी दिनुभयो ।
