Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, September 15
    Trending
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    • नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
    • स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
    • संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
    • नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आज बडा दशैं, मान्यजनहरुबाट टिका जमरा लगाइदै
    समाचार

    आज बडा दशैं, मान्यजनहरुबाट टिका जमरा लगाइदै

    Syangja SandeshBy Syangja SandeshOctober 15, 2021Updated:October 15, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा २९ असोज । आज विजयादशमी अर्थात नवरात्रको दशौं दिन, बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन । यस दिन दुर्गा भवानी पूजाको विसर्जन गरि मान्यजनहरुबाट प्रसाद स्वरुप टिका जमरा लगाइन्छ ।

    भगवान रामचन्द्रले बनबासका बेला दुर्गा स्वरुपा महामायाको नौ दिनसम्म पूजा आराधना गरेपछि महामाया देवीको कृपाले नवमीको रातमा ‘भोलीको दिन मेरो प्रसाद स्वरुप टिका जमरा लगाई रावणसंग युद्ध लडेमा विजयी हुन्छौ’ भनेर आशिर्वाद दिनुभएको थियो । आश्विन शुक्ल दशमीका दिन घडाको जलको अभिशेक लिई दुर्गा भवानीको प्रसाद स्वरुप टिका जमरा लगाई भगवान रामले रावणमाथि विजयी प्राप्त गरेका थिए । त्यहि दिनदेखि विजया दशमीका नामले आजको दिन सवैले चामलमा दहि र रातो रंग मिसाएर बनाईएको टिका जमरा लगाउने र मान्यजनबाट आशिर्वाद लिएर दशैं मनाउँदछन् ।

    यस दिन नवरात्रिभर अर्थात घटस्थापनादेखि नौ दिन पुजा आराधना गरिएकी नवदुर्गा भवानीको पूजास्थल र प्रतिमालाई बिसर्जन गरिन्छ । यस दिन सबैले फूल, अक्षता लिएर क्षमा प्रार्थनासाथ घडाको अभिशेक लिएर दुर्गा पूजा विसर्जन गर्दछन् । त्यसपछि घरको मुल ढोकाको दैलो माथि टिका र जमरा टाँसेर विधिवत रुपमा टिका लगाउने साईत हेरेर विजया दशमीको टिका लगाईन्छ । वडा दशैंका दिन घरका मूलि अर्थात जेठो सदस्यको हातबाट बाँकी सदस्यले टिका ग्रहण गर्दछन् । त्यसपछि टिका थाप्न आएका आफन्त, पाहुना, कुटुम्ब तथा इस्टमित्रहरुलाई क्रमैसंग टिका लगाईदिने र आफू पनि मान्नुपर्ने मान्यजन् कुटुम्बकहाँ गएर टिका थाप्ने चलन रहेको छ । मान्यजन सहित चेलिबेटी, ज्वाँईचेलालाई गच्छे अनुसारको दक्षिणा दिइन्छ ।

    आज विजयको प्रतिक स्वरुप घरमा राखिएका खड्गहरु निकालेर प्रदर्शन गरिन्छ । काठमाडौं उपत्यकामा पचली भैरव र अस्टमात्रिकाको नृत्य देखाइन्छ । विजया दशमीका दिन टिका र जमराले फुलपातीमा लगाईएको रोटे पिङ र लिङ्गे पिङको पूजा गरेपछि मात्रै खेलिन्छ । दशैंमा हरेक हिन्दु धर्मावलम्बीहरुको सवैभन्दा ठुलो चाड भएकाले घर छोडी जहाँ जुन अवस्थामा रहेको भएपनि घर फर्किने चलन रहेको छ । यसैगरी नेपाल सहित भारतमा पनि दशैं मनाईंदै आएको छ । पश्चिम बंगालमा दशैंमा दुर्गा पूजा गर्दै विशेष रुपमा मनाइन्छ । दुर्गा भवानीलाई भव्य सुशोभित पण्डालहरुमा सजाइन्छ । विजया दशमीका दिन पूजाको आयोजना गरि प्रसाद वितरण गरिन्छ ।
    टिकाको साइत
    घटस्थापना गर्नको लागि शुभ समयको आवश्यक हुन्छ त्यसरी नै विजयादशमीको दिन टीका लगाउन पनि यसैगरी शुभ समयको आवश्यक पर्ने बताइएको छ । घटस्थापनाको शुभसाइत ११ बजेर ४६ मिनेटमा तोकिएको थियो । त्यस्तै देवी विसर्जनको लागि पनि त्यो उत्तम समय अति महत्त्वपूर्ण हुन्छ । त्यो भनेको टीकाको दिन बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने हो।

    टिका लगाउन सुरुवात गर्नको लागि सबैभन्दा राम्रो समय भनेर पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको समय बिहान १० बजेर ०२ मिनेट हो । तर, त्यो समयमा भ्याइएन भने साइत गयो टीका लगाउन हुँदैन भन्ने छैन । देवीको प्रसाद मान्यजनको हातबाट आशीर्वचन साथमा टीका लगाउने हुनाले जहिले पनि गर्न सकिन्छ । तर, सबैभन्दा पहिले सुरु गर्नको लागि राम्रो समय भनेको १० बजेर ०२ मिनेट हो । त्यो भ्याइएन भने दिनभरि, राति सुत्नु अगाडि पनि लगाउन सकिन्छ । हाम्रो पूर्णिमाको दिनसम्म पनि टीका लगाउने चलन छ ।

    माइती, मावली, ससुराल सबैतिर यता, त्यता जाँदा अर्कै उत्साह हुन्छ । एकैदिन एउटै समयमा त सम्भव छैनन् । पूर्णिमा नभइ दशैँ सकिँदैन । देवीको आराधना चाहिँ नवरात्र सकिएपछि सकिन्छ । त्यही प्रसाद पछि लगाउने हो । यदि विजयादशमीको दिन बिहान १० बजेर ०२ मिनेटमा टीका लगाउन भ्याइएन भने जतिखेर लगाए पनि केही फरक नपर्ने पंचाग निर्णायक समितिले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025

    स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने

    September 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025

    हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा

    September 13, 2025

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ

    September 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025

    बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित

    September 13, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.