स्याङ्जा १५ जेठ । गणतन्त्र दिवस आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । तत्कालिन जनप्रतिनिधिमूलक संस्था संविधानसभाको पहिलो बैठकले वि. सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । करिव साढे दुई सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो । लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाई गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारी नयाँ संविधान अनुसार देश चलिरहेको छ । गणतन्त्र दिवसको अवसरमा सरकारको आयोजनामा ३ दिन मनाईने भएको छ । साथै स्याङ्जा जिल्ला जिल्ला र स्थानिय तहमा समेत गणतन्त्र दिवस विशेष समारोहका साथ मनाइने भएको छ ।
Saturday, September 20
Trending
- आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
- “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
- आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
- संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
- अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
- बाबुको तिथिमा कारागारलाई सहयोग
- स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित