Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, October 16
    Trending
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    • बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस
    • फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
    • स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अवसरको सदुपयोग गर्दे अघि बढ्नुहोस् — सांसद तिवारी
    पुतलीबजार नगरपालिका

    अवसरको सदुपयोग गर्दे अघि बढ्नुहोस् — सांसद तिवारी

    Syangja SandeshBy Syangja SandeshMarch 10, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ फागुन । नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं प्रदेश सांसद कल्पना तिवारीले प्राप्त अवसरको सदुपयोग गर्दै अघि बढ्न सुझाव दिनुभएको छ ।

    नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ स्याङ्जको प्रथम अधिवेशनको उदघाटन गर्दे उपसपभाति एवं सांसद तिवारीले नेपाली कांग्रेसले २०५५ सालमा जनजाती महासंघ गठन गरेर महिला, दलित, जनजाती र अल्पसंख्यक जातीलाई राज्यका मूलधारमा ल्याउने नीति अघि सारेको स्मरण गराउनुभयो ।

    धेरैका लागि अवसर भए ता पनि सो अवसर लिन नसकेकोमा उहाले चिन्ता ब्यक्त गर्नुभयो । सांसद तिवारीले भन्नुभयो, ‘मैले जति पाएको अवसर तथा सेवा सुबिधा तपाईंहरुले पनि उपयोग गर्ने अवसर मिलोस् भन्ने मेरो लक्ष्य हो ।’ जनजाती बर्गको हित र अधिकारका पक्षमा आफुले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रममा प्रदेश उपसभापति एवं पूर्वमन्त्री मेखलाल श्रेष्ठ, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद घर्ति, स्याङ्जा कांग्रेसका कार्यवाहक सभापति केदार काफले, निवर्तमान कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार), गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, कांग्रेस जिल्ला उपसभापति शेरबहादुर थापा, क्षेत्रीय सभापति एवं नगरप्रमुख तुलसीराम रेग्मी, प्रवक्ता भरतप्रसाद लम्साल, सहसचिव धुवबन्धु पौडेल, पुतलीबजार नगरसभापति सुरजकुमार अधिकारी, नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश अध्यक्ष पदमबहादुर पुन लगायतले जनजाती समुदाय नेपाली कांग्रेसको बलियो खम्बा रहेको जनाउदै जनजाती अधिकारका पक्षमा नेपाली कांग्रेसले पहिलो पटक संगठित हुने नीति बनाएको जानकारी दिनुभयो ।

    महासंघका अध्यक्ष नेमबहादुर रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अम्बिका कुमालले स्वागत एवं सचिव धनराज थापा मगरले संचालन गर्नुभएको थियो ।

    यसैबीच, सोही अधिबेशनले नेमबहादुर रानाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
    समितिको उपाध्यक्षमा अम्बिका कुमाल र भद्रबहादुर गुरुङ, सचिवमा धनबहादुर थापा र सुष्मा श्रेष्ठ, सहसचिवमा याममाया गाहा, कोषाध्यक्षमा तुलबहादुर गुरुङ निर्वाचित हुनु भएको छ ।

    यसैगरी, सदस्यहरुमा प्रमोद प्रधान, शोभा राना, ढलबहादुर राना, भुपाल थापा, गीता गाहा लगायत निर्वाचित भएको निर्वाचन अधिकृत पशुपति पौडेलले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025

    बिशेष महाधिवेशनको पक्षमा स्याङ्जा कांग्रेस

    October 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025

    ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’

    October 14, 2025

    कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन

    October 14, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.