स्याङ्जा, भदौ २३ गते । पोखरा एयरपोर्ड पछाडी गण्डकीकै सबै भन्दा ठुलो अर्जुन चौपारीमा १ बजारमा निर्माण गरिएको हेलीप्याडमा हेलिकोप्टर सफल परिक्षण गरिएको छ ।
नेपाल आर्मी र अर्जुन चौपारी गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हेलिप्याडमा नेपाल आर्मीको इक्विरल हेलिकोप्टर पहिलोपटक अवतरण गरिएको छ ।
जिल्ला भित्र पर्ने जोखिमको बेला उद्धारमा टेवा पु¥याउने हेतुले आर्मीसगँ सहकार्य गरेर हेलिप्याड निर्माण गरिएको हो । नेपाल आर्मीका कर्णेल रचन श्रेष्ठको नेतृत्वमा काठमाडौबाट आएको तीन जनाको टोलीले हेलिकोप्टर सफल परिक्षण गरेको हो ।
पुतलीबजार हुदै आएको हेलिकोप्टरले गाउँपालिकाका सबै क्षेत्रमा परिक्षण गर्दै चार पटक अवतरण गरेको थियो ।
हेलिकोप्टरको सफल परिक्षण पश्चात कर्णेण श्रेष्ठले हेलिप्याड राम्रो र उपयुक्त ठाउँमा बनेको बताउनुभयो ।
हेलिप्याडको पश्चिम तर्फ रहेको पहाडले थोरै समस्या रहनेपनि एमआई १७ समेत अवतरण गर्न कुनै समस्या नहुने बताउनुभयो ।
हेलिप्याड निर्माणमा प्राबिधीक डिजाईन र श्रम सहयोग समरदल गुल्मको हो भने गाउँपालिकाले आवश्यक सामाग्रीको पुर्ति गरेको थियो ।
हेलिप्याड नेपाल आर्मीका क्याप्टेन धन बहादुर तामाङको नेतृत्वमा एक महिना सम्म दैनिक २० जनाको श्रमद्धान गरिएको थियो । हेलिप्याड ६०÷६० फिट लम्बाई र चौडाइको रहेको र बाहिरी जिल्लामा रहेका मध्ये सबै भन्दा ठुलो हो ।
पालिका अधयक्ष प्रकाश तिवारीले हेलिप्याड निर्माण सफल भएको र परिक्षण समेत भएको बताउदै जोखिमका बेला हेलिप्याडको सहि सदुपयोग हुने बताउनुभयो ।