स्याङ्जा, २८ साउन । अर्जुनचौपारी गाउँपालिकाका माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उतिर्ण विद्यार्थीलाई नेपाल विद्यार्थी संघ अर्जुनचौपारिले बधाई सहित सम्मान गरेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेश सदस्य रामचन्द्र पौडेलले सहभागी बिद्यार्थीलाई बधाई एवं सम्मान ब्यक्त गर्दै असल बन्नका लागि अध्ययनमा लगाव हुनुपर्ने बताउनुभयो । ब्यवहारिक र प्राबिधिक शिक्षा आजको आवश्यकता रहेको जनाउदै बिद्यार्थी यसतर्फ रुची बढाउनसमेत सुझाव दिनुभयो ।
नेपाली कांग्रेस अर्जुनचौपारी गाउँपालिका सभापति बिष्णुप्रसाद काफले, जिल्ला सदस्य बोधनारायण रेग्मी, महिला संघ केन्द्रिय सदस्य माया केसी, नेपाल बिद्यार्थी संघ केन्द्रिय सदस्य सुनिल चापागाई, पूर्व केन्द्रिय सदस्य प्रताप पौडेल, कांग्रेस नेताहरु भिम रोका, क्षेत्रबहादुर रोका, शालिकराम काफले, केशव चापागाई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नेविसंघ अर्जुनचौपारीका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यार्थी नेता दिनेश अर्यालले स्वागत एवं सृष्टि केसीले संचालन गर्नुभएको थियो । ११० जना एसइइ उत्तिर्ण विद्यार्थीलाई प्रमाणपत्र सहित सम्मान तथा बधाई दिईएको नेविसंघ अर्जुनचौपारीले जनाएको छ ।