स्याङ्जा ४ जेठ । स्वास्थ्य मानिसको स्वास्थ्यको रक्षा र रोगीको रोग निवारण गर्ने लक्ष्य सहित अर्जुनचौपारी गाँउपालिकामा निशुल्क आयूर्वेद स्वास्थ्य शिविर गरिएको छ ।
गाँउपालिकाको आयोजनामा गरिएको शिविरमा ३६२ जनाको स्वास्थ्य परिक्षण सहित औषधी बितरण गरिएको थियो । गाउपालिकाका अध्यक्ष प्रकाश तिवारीले स्थानीय रुपमा उत्पादन हुने जडीबुटीको संरक्षण गरि आफना पालिकाबासीको स्वास्थ्य, आयआर्जनमा जोड दिने बताउनुभयो ।
स्वास्थ्य रक्षाको निम्ति घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्ने लक्ष्य रहेको र सोही बमोजिम गाउपालिकाले काम गरिरहेको उहाले बताउनुभयो । अर्जुनचौपारी — १ निवासी का ९६ बर्षका वेदप्रसाद अर्याललाई बिरामी पुर्जा र डा. उत्सव पोैडेलको वीपी सेट हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।
उहाले शिविरमा स्वास्थ्य केन्द्रका प्रमुख वरिष्ट कविराज निरीक्षक देवेन्द्र आचार्य, डा. उत्सव पौडेल, डा. तुलसी श्रेष्ठ र डा. समिक्षा लामिछानेको सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण सहित औषधी बितरण गरेको थियो । पेट, छाती, बाथ तथा अमलपित्त र स्त्री रोग सम्बन्धी बिरामीको संख्या बढी रहेको बताइएको छ ।
पालिकामा २ वटा आयुर्वेद औषधालय भए पनि ९ स्थानबाट घुम्ति शिविरको रुपमा साप्ताहिकरुपमा टोल टोलमा पुगेर सेवा उपलब्ध गराएको गाउँपालिकाका आयूर्वेद शाखा प्रमुख ललित थापाले जानकारी दिनुभयो ।