स्याङ्जा १३ साउन । अर्जुनचौपारी गाउँपालिकाले त्यहाँ स्थित प्रहरी चौकीलाई विपद ब्यवस्थापन सम्बन्धी केही सामाग्री प्रदान गरेको छ। पालिकाले प्रहरीचौकी प्रमुखलाई ती सामाग्री हस्तान्तरण गरेका हुन्।
जुनसुकै बेला पनि विपद आइलाग्न सक्ने जनाउदै पालिकाले तत्कालकालागि आवश्यक पर्ने सानो तथा ठुलो ट्यूव, लाईफ ज्याकेट, बाल्टी, डोरी तथा पहिरो पन्छयाउनका लागि आवश्यक सामाग्रीहरु प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो ।
उहाका अनुसार, ‘बर्षात्को समय कति बेला कहाँ के हुन्छ थाहा नै हुदैन। त्यसकारण उद्धारका लागि सबैभन्दा पहिला पुग्ने सुरक्षाकर्मीसंग विपद ब्यवस्थापनका सामाग्री हुन आवश्यक छ।’
तत्काल उद्धारमा खटिने प्रहरी चौकीमा आवश्यक सामाग्री नहँुदा उद्धार असहज हुँने भएकाले प्रहरीलाई उक्त सामाग्रीहरु वितरण गरिएको हो। जोखिम रहेका वस्तीमा सबै वडाका जनप्रतिनिधिलाई खटाइएको छ।
भल कटान, पहिरोका जोखिम बस्ती र वरपरका स्थानहरुमा त्रिपालले छोपेर ढुंगाा माटो बग्न नदिने काम गरिएको अध्यक्षको भनाई छ।
पालिका अध्यक्ष संयोजक हुनेगरी गठित विपद व्यवस्थापन समितिले पनि पालिकामा सर्तकता अपनाउन संयन्त्र परिचालन गरेको छ।