Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, June 1
    Trending
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    • गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम
    • बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस
    • चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते
    • पुतलीबजारको बहाकोटमा मनाइयो ७५ औं क्रान्ति दिवस
    • लागुऔषध सहित २६ बषिय अजित परियार पक्राउ
    • स्थापना दिवसमा रोयल सहकारीद्धारा बेदविद्याश्रममा सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » अमेरिकी ट्वीन टावरमा हमलामा भएको २० वर्ष पूरा
    अन्तर्राष्ट्रिय

    अमेरिकी ट्वीन टावरमा हमलामा भएको २० वर्ष पूरा

    Syangja SandeshBy Syangja SandeshSeptember 11, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं २६ भदौ । वासिङटनः सन् २००१ सेप्टेम्बर ११ मंगलबारको दिन भएको ट्वीन टावर हमलाको २० बर्ष पुरा भएको छ । सोही दिनको स्मरण गर्दे अमेरिकाले २० औं स्मृति दिवस मनाइरहेको छ ।

    ट्वीन टावर हमलामा मारिएका मानिसको सम्झनामा अमेरिकाले शनिबार २० औं स्मृति दिवस मनाइरहेको हो । न्युयोर्कस्थित दुई गगनचुम्बी भवन वल्र्ड ट्रेड सेन्टरमा आतंककारीहरुले चार विमान ठोकेर हमला गरेका थिए ।
    स्थानीय समय अनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा बिस्फोट गराइएको थियो । १६ मिनेटपछि दोस्रो टावरमा ठोक्काइएको थियो बिस्फोटपछि टावरमा दुई घन्टासम्म आागो लागेको थियो । एक सय दश तले दुवै भवन ढलेर खरानी भएका थिए ।
    नौ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा जोतिएको थियो भने वासिंगटनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा बिस्फोट भएको थियो । अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हुँदा विमान आकाशमै बिस्फोट भएको थियो ।

    उक्त हमलामा परी न्युयोर्कको पेनसिल्भानिया र भर्जिनियाका गरी १९ आक्रमणकारी सहित करिब ३ हजार मानिसको मृत्यु भएको थियो । हजारौँ मानिस घाइते भएका थिए । हमला हुँदा भवनभित्र करिब १७ हजार मानिस रहेको बताइएको थियो । आक्रमणमा अर्बौ डलर क्षति भएको थियो ।

    हमलापछि अमेरिकाले कट्टरपन्थी सशस्त्र समूह आतंकवादविरुद्ध युद्ध नै गरेको थियो । अमेरिकाले आतंकवाद अन्त्य गर्ने भन्दै अफगानिस्तानमा सैन्य बल नै स्थापना गरेको हो । सेप्टेम्बर ११ को उक्त हमलालाई संसारकै अविष्मरणीय एवम् दर्दनाक घटनाको रुपमा लिइन्छ ।
    ओसामा बिन लादेनको नेतृत्वको अतिवादी सञ्जाल अलकायदाले सो हमला गरेको थियो । आक्रमणमा संलग्न अन्य १५ जना साउद अरबका थिए भने दुई जना यूएई, एक जना इजिप्सेली र अर्का लेबनानका थिए ।

    हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो । बिन लादेनलाई पत्ता लगाउन र अल–कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुस प्रशासननले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो । आक्रमणकारीलाई अफगानिस्तानले संरक्षण गरेको अमेरिकी आरोप थियो । अमेरिकी आक्रमणपछि तालिवान सत्ताच्युत भएको थियो ।

    अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो । सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाले लादेनलाई मारिदिएको थियो ।

    अतिवादीबिरुद्ध को दुई दशक लामो आक्रमणमा अमेरिका रित्तो हात लिएर यही ३१ अगस्टमा स्वदेश फर्किएको छ । अमेरिकी सेना स्वदेश फर्किन नपाउदै तालिवानले अफगानिस्तान कब्जा गरेको थियो । अहिले तालिवानले अन्तरिम सरकार घोषणा गरिसकेको छ ।

    २० वर्षको लडाइँमा तालिवानसहित अलकायदा आइएस जस्ता अतिवादी समूहका केही नेतालाई निशाना बनाउन सफल भए पनि अमेरिकाले खासै उपलब्धी पाउन सकेन । युद्वमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ । त्यस्तै युद्धमा ६९ हजार अफगानीको मृत्यु भइसकेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    विश्वशान्तिका लागि जयपुर—काठमाण्डौं रथयात्रा

    December 14, 2024

    रुस युक्रेन युद्ध तत्काल बन्दको गरियोस् भन्र्दैै स्याङ्जामा शान्ति रयाली

    February 25, 2023

    पोखरा अन्र्तराष्ट्रिय विमानस्थल बनाउने पोखरेली चाहना ५० बर्षमा पूरा

    January 1, 2023

    पेनाल्टी सुटआउटमा फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि अर्जेन्टिनालाई

    December 19, 2022

    नेपालको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

    October 7, 2022

    दिवंगत महारानी एलिजावेथको अन्त्येष्टि गरिंदै

    September 19, 2022
    Leave A Reply Cancel Reply

    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025

    बिबिध कार्यक्रमसहित स्याङ्जामा ३ दिन मनाइदैछ गणतन्त्र दिवस

    May 29, 2025

    चितुवाको आक्रमणबाट स्याङ्जाका मुक्तबहादुर घाईते

    May 28, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025

    सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध

    May 30, 2025

    गणित तथा बिज्ञान प्रर्दशनीको दुबै बिधामा त्रिभुवन आदर्श मावि प्रथम

    May 29, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.