काठमाण्डौं २५ भदौ । अमेरिका र चीनका राष्ट्रपतिबीच सात महिनापछि टेलिफोन वार्ता भएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशित गरेको विज्ञप्ति अनुसार दुई नेताले दुई पक्षको हितका विषयमा छलफल भएको हो। बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि चिनियाँ समकक्षीसँग भएको यो दोस्रो संवाद हो । व्यापार, गुप्तचरी र महामारीका विषयमा मतान्तर भएकाले चीन–अमेरिका सम्बन्धबीच तनाव कायम छ । छलफलमा राष्ट्रपति बाइडनले अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेदारीपूर्वक व्यवस्थित गर्ने अमेरिकाको जारी प्रयासको भाग भएको बताउनुभएको छ ।
केही महिनाअघि बाइडेन सरकार र चीनबीच भएको उच्चस्तरीय वार्तामा तनाव उत्पन्न भएको थियो । दुवै पक्षका अधिकारीहरूले एकअर्काप्रति चर्को टिप्पणी गरेका थिए । चिनियाँ अधिकारीहरूले अमेरिकाले अरू देशलाई चीनमाथि आक्रमण गर्न उक्साएको आरोप लगाएका थिए । अमेरिकाले चीन ध्यान तान्ने उद्देश्यसहित आएको बताएको थियो ।