काठमाण्डो १७ असोज । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन हुनुभएको छ ।
काठमाडौंमा जारी क्रान्तिकारीको अधिवेशनले अध्यक्ष चयन गर्ने जिम्मेवारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। अध्यक्ष प्रचण्डुले पञ्चा सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउनुभएको हो । प्रचण्डले अध्यक्ष तोकेसँगै सिंह अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष बन्नुभएको छ ।
अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत,पञ्चा सिंह, तिलकराज भण्डारी, दीपक देवकोटा, विजय गौतम, उत्तम अधिकारी, दीपेश पुन दाबेदार थिए। अन्य दावेदारलाई पछि पार्दै सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बन्नुभयो ।
बस्नेत हालका वरिष्ठ उपाध्यक्ष हुन् भने सिंह उपाध्यक्ष । पञ्चा सिंह पार्टीको प्रदेश कमिटी सदस्य पनि । उहा यसअघिको अधिवेशनबाट अनिल शर्माको प्यानलबाट उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।