Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 24
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन
    वालिङ् नगरपालिका

    युवाकवि न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ बिमोचन

    Syangja SandeshBy Syangja SandeshAugust 31, 2025Updated:August 31, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १४ भदौ । युवा कवि पारिश्वर न्यौपानेको कविता सङ्ग्रह ‘सिरौँला’ विमोचन गरिएको छ । वालिङ् नगरपालिका–१३ का युवा कबि न्यौपानेको पहिलो कवितासङ्ग्रह ‘सिरौँला’ शनिबार वालिङमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

    कार्यक्रममा वरिष्ठ कवि एवम् महाकाव्यकार डा. नवराज लम्साल, गण्डकी प्रदेश सभा सदस्य भोजराज अर्याल, डा. शंकरप्रसाद गैरे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, लक्ष्मीप्रसाद रेग्मी तथा लेखक न्यौपाने सहित संयुक्त रूपमा कवितासङ्ग्रह ‘सिरौँला’ पुस्तक सार्वजनिक गरिएको हो ।

    पुस्तक सार्वजनिक गरेसँगै महाकाव्यकार डा. नवराज लम्सालले कविता सङ्ग्रहमा संग्रहित कविताहरु अत्यन्त सरल र सबैको मन–मनमा भिज्ने खालको रहेको बताउनुभयो । सरल भाषा शैलीमा लेखिएका कविताले पाठकको मन जित्नसक्ने डा. लम्सालले उल्लेख गर्नुभयो । कविताले सरल भाषा शैलीसँगै आफ्नो इतिहास र भौगोलिकतालाई समेट्न सक्नु पर्ने र कुनै दल वा नेतालाई गाली वा आक्षेप लगाउने खालको हुन नहुने र त्यस्ता कविता कालजयी नहुने डा. लम्सालले औंल्याउनुभयो ।

    उहाले भन्नुभयोे, “ कविताले आफ्नो इतिहास र भौगोकितालाई समेट्न सक्नुपर्छ । कुनै दल वा नेतृत्वलाई गाली गर्ने कविता कालजयी हुँदैन । मानव जीवन र समाजलाई बोल्न सक्ने साहित्यिक सिर्जनाले दिगोपना पाउँछ ।” जसरी चामलबाट सिरौंला बनाउन परिश्रम लाग्छ त्यसैगरी युवा कवि न्यौपानेको सिर्जना पनि मिहिन र गुनिलो रहेको डा. लम्सालले व्यक्त गरे । नेपाली साहित्यिक फाँटमा सिरौंला कृतिले गतिलो इट्टा थप्ने काम गरेको उहाको भनाई थियो ।

    कार्यक्रममा प्रदेश सांसद भोजराज अर्यालले साहित्यले ईतिहासलाई जीवित राख्न र वर्तमान समयमा भएका गतिविधिलाई कलमको माध्यमबाट बाहिर ल्याउन अहम भूमिका खेल्ने बताउनुभयो । समाजलाई सहि मार्गमा हिडाउँन समेत साहित्यले मद्दत गर्ने उल्लेख गर्दै उनँले सिरौँला एक कविताको दस्ता भएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा डा. शंकरप्रसाद गैरे, ध्रुवप्रसाद शर्मा पङ्गेनी, लक्ष्मीप्रसाद रेग्मी र लेखक न्यौपानेसमेतले पुस्तकका बारेमा गहन विमर्श गरेका थिए ।

    वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियानका संस्थापक संयोजक युवाकवि मिलन समीरले सहजीकरण गरेको विमोचनसँगै आयोजित बृहत् सिर्जना वाचन कार्यक्रममा साहित्यकार सम्भु अर्याल, रेशम गोतामे पराजित, प्रेमबन्दु सुवेदी, लोकहरि पाण्डे क्षितिज, शोभाकान्त लम्साल, गुरु ढकाल, बिन्दुराम भण्डारी, स्मारिका अर्याललगायतले आ–आफ्ना रचना प्रस्तुत गरेका थिए ।

    रत्न टीका साहित्य संगमबाट प्रकाशित कविता सङ्ग्रह सिरौँलामा १ सय ११ वटा कविताहरु छन् । पहिलो खण्डमा १८, दोस्रोमा ५८, तेस्रोमा १३ र चौथो खण्डमा २२ वटा कविताहरु संग्रहित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.