Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 21
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » यमपञ्चकको अन्तिम दिन अर्थात आज दाजुभाइलाई टिका लगाईदै
    समाचार

    यमपञ्चकको अन्तिम दिन अर्थात आज दाजुभाइलाई टिका लगाईदै

    Syangja SandeshBy Syangja SandeshNovember 4, 2024Updated:November 4, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १८ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइ टीकाको साइत सार्वजनिक गरेको छ । कात्तिक १८ गते आज आइतबार बिहान ११ः३७ बजे भाइ टीकाको साइत शुभ रहेको समितिले जनाएको छ ।

    हिजो बसेको समितिको बैठकले टीकाको साइत निकालेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । पश्चिम मोहडा गरेर भाइ टीका लगाउनु पर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नु पर्ने जनाइएको छ ।

    यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु भएको हो । धनतेरश, काग तिहार, कुकुर तिवार, लक्ष्मी पुजा, गोबरधन पुजा, म्ह पुजा, नेपाल सम्बत हुदै आज भाईटिकाको दिन रहेको हो । भाइटिका लगाएसंगै आजबाट दिपावली अर्थात तिहार पर्व पनि समापन हुन्छ ।

    यम पञ्चकको पाँचौं दिन देश तथा विदेशमा भाइटीका मनाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मनाइने यो पर्वको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीयाको दिन यो पर्व मनाउने गरिन्छ । एउटा पौराणिक कथा अनुसार परापूर्व कालमा कात्तिक शुक्ल द्वितीयाको दिन मनाइने भाइटीकाले सूर्य पुत्री यमुनाले आफ्ना दाजु यमराजलाई टीका लगाएको कथा चर्चित छ ।

    यस दिन यमुनाले यमलाई टीका लगाएपछि यमराजले बहिनी यमुनाको इच्छा अनुसार यस दिन दिदीबहिनीको हातबाट टीका लगाउनेहरुलाई तेलको धारो नसुकेसम्म र मखमली फूल नओइलिएसम्म मृत्युवरण गर्नु नपर्ने आशीर्वाद दिएका थिए । सोही समयदेखि यो पर्व मनाउन थालियो ।

    यस्तै किंवदन्तीहरुका अनुसार कात्तिक शुक्ल द्वितीया विशेष कारणले महत्वपूर्ण छ । यसरी दिदीबहिनीको दाजुभाइप्रतिको प्रेमबाट यमराजसमेत आजित भएको किंवदन्ती छ । सोही सम्झनामा यो पर्व मनाउन थालिएको हो । यसैले द्वितीयाको दिन दाजुभाइ र दिदी बहिनीबीचको प्रेम र आपसी सद्भावको पर्व मानिन्छ । आफ्नो दाजु या भाइहरुलाई निधारमा सप्तरंगी टीका लगाउने गरिन्छ । यही दिन आफ्नो घरको मूलद्वारमा ओखर फुटाउने चलन समेत छ ।

    आफ्ना भाइहरुको सबै पीडाहरु ओखरसँगै फुटेर जान्छ भन्ने मान्यताको प्रतीक हो । यो दिन टीकाटालो सकेर दाजुभाइहरुले पनि दिदीबहिनीहरुलाई टीका लगाइदिने गरिन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.