Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 18
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता
    वालिङ् नगरपालिका

    वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता

    Syangja SandeshBy Syangja SandeshSeptember 12, 2025Updated:September 12, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ भदौ । नेपालमै पहिलोपटक वालिङ नगरपालिकामा वनस्पतिको नक्साङ्कन हुने भएको छ । जसका लागि पतञ्जली अनुसन्धान प्रतिष्ठान र वालिङ नगरपालिकाबीच ६ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।

    वालिङमा वनस्पतिको वैज्ञानिक नक्साङ्कन सुरु हुने भएको छ । यसका लागि भारतको हरिद्वारमा पतञ्जली अनुसन्धान प्रतिष्ठान, पतञ्जली योग पीठ नेपाल र वालिङ नगरपालिकाबीच मूल्य शृङ्खलामा आधारित जडिबुटी उत्पादन तथा बजारीकरण त्रिपक्षीय ६ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।

    वालिङ नगरपालिकाबाट नगरप्रमुख कविता तिवारीको संयोजकत्वमा ५५ सदस्यीय टोलीले भारतको हरिद्वार स्थित पंतजली योगपिठ , पतञ्जली आयुर्वेद र पतञ्जली अनुसन्धान प्रतिष्ठानको अध्ययन अवलोकन गरेका थिए । सोही अवसरमा पतञ्जली अनुसन्धान प्रतिष्ठानको सभाहलमा जडिबुटी उत्पादन पहिचान तथा बजारीकरण ६ बुँदे सम्झौता भएको हो ।

    सम्झौता अनुसार वालिङ नगरपालिकालाई नेपालकै पहिलो वनस्पति नक्साङ्कन गर्ने स्थानीय सरकारको रूपमा स्थापना गरिनेछ । प्रतिष्ठानले नगरभित्र पाइने औषधिजन्य तथा आयुर्वेदिक विरुवाको वैज्ञानिक अध्ययन, सर्वेक्षण र अभिलेखीकरण गर्नेछ । साथै, बाँझो जमिनमा बहुमूल्य जडिबुटी खेती गर्न प्राविधिक सहयोग उपलब्ध गराइनेछ । सम्झौतामा युवा र महिलालाई लक्षित गरी तालिम, क्षमता अभिवृद्धि तथा उद्यमशीलता प्रवद्र्धन, उच्च गुणस्तरका बीउ–विरुवा र जैविक मलको उपलब्धता, बजार तथा निर्यातमा प्राविधिक सहयोग र घरधुरीमा माटो परीक्षण उपकरण उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    वालिङ नगरपालिकालाई वालिङ फलोरा सिटीको रुपमा विकास गर्ने र सवै घरधुरीको माटो परिक्षण गर्ने देश कै पहिलो स्थानीय तहको रुपमा स्थापित गर्ने पतञ्जली आयुर्वेदका अध्यक्ष आचार्य बालकृष्णले बतए । सोही कार्यक्रममा पतञ्जली आयुर्वेदका अध्यक्ष आचार्य बालकृष्णले वालिङ नगरपालिकालाई जडिबुटी नक्साङ्कनको नमुना केन्द्रका रूपमा विकास गरिनेमा जोड दिनुभयो ।
    “नेपालमा हजारौँ प्रजातिका जडिबुटी छन् तर पहिचान र वैज्ञानिक संकलन नहुँदा ओझेलमा परेका छन्।

    वालिङ लाई आधार बनाएर वैज्ञानिक ढंगले नक्साङ्कन गर्नेछौँ र त्यसलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्ने लक्ष्य राखेका छौँ,” उहाले भन्नुभयो । वालिङ नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैरेले सम्झौताबाट स्थानीय स्तरमा रोजगारी र आयआर्जन बढ्ने अपेक्षा व्यक्त गर्नुभयो ।

    “नगरभित्र के कस्ता वनस्पति कहाँ छन् भन्ने तथ्याङ्क तयार भएपछि त्यसलाई बजारसँग जोड्न सजिलो हुन्छ। यदि सामुदायिक वनलाई जडिबुटी उत्पादन र प्रशोधन केन्द्रमा रूपान्तरण गर्न सक्यौँ भने यसले स्थानीय अर्थतन्त्रमा ठूलो योगदान पु¥याउनेछ,” उहाले बताउनुभयो ।

    वालिङ नगरपालिकालाई वालिङ फलोराको रुपमा विकास गर्ने , हाइटेक नर्सरी निर्माण गर्ने , प्रत्येक घरधुरीको माटो परिक्षण गर्ने जस्ता क्रियाकलाप नगरभित्र संचालन हुने तिवारीको भनाई छ । असोजबाट वनस्पतिको अध्ययन सुरु गर्न पतञ्जली अनुसन्धान प्रतिष्ठानले वैज्ञानिक सहितको प्राविधिक टोली वालिङ नगरपालिकामा पठाउने उपप्रमुख तिवारीले जानकारी दिनुभया ।

    स्याङ्जामा जडिबुटीको अपार सम्भावना छ तर वैज्ञानिक ढंगले उपयोग नभएकै कारण लाभ लिन नसकिएको डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत रूकमागत सुवेदीको भनाई छ । “अमला, हर्रो, बर्रो, टिमुर, बोझो, जटा मसीजस्ता औषधिजन्य वनस्पति प्रशस्त छन्। तर प्रशोधन र बजार व्यवस्थापन प्रणाली नभएका कारण खेर गइरहेका छन् । पतञ्जलीसँगको सहकार्यले यसलाई व्यावसायिक बनाउन मद्दत गर्नेछ,” उहाले भन्नुभयो ।

    पतञ्जली अनुसन्धान प्रतिष्ठानका वनस्पति अनुसन्धान प्रमुख डा. भेदप्रिया आर्यले वालिङ लाई नमुना नगर बनाउन प्राविधिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।“सम्झौता कार्यान्वयनपछि नेपालमा जडिबुटी अनुसन्धानको नयाँ अध्याय सुरु हुनेछ,” उहाले बताउनुभयो ।

    यस सम्झौतासँगै नेपालमा पहिलोपटक स्थानीय तहबाट वैज्ञानिक रूपमा वनस्पतिको नक्साङ्कन हुने भएको हो । वालिङ लाई जडिबुटी अनुसन्धान र उद्योगको केन्द्र बनाउन सकिने विश्वास गरिएको छ । सरोकारवालाको अनुसार यसले रोजगारी सिर्जना, आयुर्वेद प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारसम्म नेपाली जडिबुटी पु¥याउन मार्ग खुल्नेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.