Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 19
    Trending
    • स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन
    • मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए
    • वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान
    • सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
    • गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
    • पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई
    • नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.
    • स्याङ्जामा ७ वर्षमा १५ सडक पुल बन्योएकै वर्षमा ७ पुल बन्दा, चार वटा पुल अन्तिम चरणमा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान
    वालिङ् नगरपालिका

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    Syangja SandeshBy Syangja SandeshNovember 19, 2025Updated:November 19, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ मंसिर । वालिङ् नगरपालिकाले आधारभूत तथा माध्यमिक शिक्षा परीक्षा एसइइ मा उत्कृष्ठ नजिता ल्याउने बिद्यालय, शिक्षक र बिद्यार्थीलाई सम्मान गरेको छ ।

    वालिङ् स्थित सिटी हलमा आयोजित कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकाको शैक्षिक उन्नयनका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । वालिङ्को शैक्षिक गुणस्तर बृद्धिका लागि यहाँका सरोकारवाला, अवकाश प्राप्त शिक्षक, बौद्धिक व्यक्ति, शिक्षक, प्रधानाध्यापक, बिद्यार्थी र अभिभावकसँग बसेर शिक्षाका योजना निर्माण गर्ने जनाउनुभयो ।
    वालिङको शैक्षिक अवस्था राम्रो रहेको जनाउदै अझ राम्रो बनाउदै शिक्षा क्षेत्रमा वालिङलाई उत्कृष्ट नगरपालिका निर्माण गर्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    सोही कार्यक्रममा उपप्रमुख कविता तिवारीले सामुदायिक विद्यालयहरूलाई अतिरिक्त कक्षा सञ्चालनको लागि ८ लाख रुपैंया विनियोजन गरिएको, सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क ड्रेसको व्यवस्था अनि रूम टु रिडको कार्यक्रम विस्तार जस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा पालिकाले प्रोत्साहित गरेको जानकारी गराउनुभयो । आगामी दिनमा पनि बिद्यार्थीको मनोबल उचो बनाउनेगरी यस्ता रचनात्मक कामका लागि सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो ।

    सोही कार्यक्रममा वालिङ — ५ का अध्यक्ष छवीलाल आले, रणवीर जनहित माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मी, सरस्वती माविका प्रधनाध्यापक यामबहादुर कुँवर, पाइनियर हायर एजुकेशन एकेडेमीका प्रिन्सिपल मेघराज गैह्रे, शिक्षा समिति सदस्य भूपराज बगाले र हुमकान्त कोइराला, प्याब्सनका केन्द्रिय सदस्य एवं नेपाल आर्दश माविका प्रिन्सिपल हुमकान्त अर्याल लगायतले वालिङ्का सामुदायिक तथा संस्थागत बिद्यालयका शैक्षिक, भौतिक गुणस्तर बृद्धिकालागि सुझाव सहितका प्रतिवद्धता जनाउनुभयो ।

    नगरपालिकाले उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । आधारभूत तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक तथा विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको हो ।

    सोही कार्यक्रमा नगरभित्रका उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थीलाई सम्मान गरिएको थियो । गतबर्षको एसइइ २०८१ मा उत्कृष्ठ ४ जीपीए ल्याउने २ जना नेपाल आदर्श माविका अप्सन सुवेदी, पाइनियर हायर इजुकेशन एकेडेमीका छात्रा प्राप्ति काफलेलाई र ३.८८ जीपीए ल्याउने पूर्णामृत माविका छात्रा सन्ध्या मरासिनीलाई जनही १५÷१५ हजार नगद र सम्मानपत्रद्धारा पुरस्कृत गरिएको छ ।

    माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा सतप्रतिशत नतिजा ल्याउनृ सामुदायिकतर्फ कालीगण्डकी मावि र संस्थागततर्फ वालिङ् स्कोलार्स एजुकेशन एकेडेकी, भूपू सैनिक शान्तिप्रिय मावि र जीवनज्योति मावि रहेका छन् ।

    माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा ०८१ मा २५ जना भन्दा बढी विद्यार्थी सहभागी गराई उत्कृष्ठ नतिजा ल्याउने बिद्यालयमा सामुदायिकतर्फ महेन्द्र मावि र संस्थागततर्फ नेपाल आदर्श मावि हुन ।

    यसैगरी, कक्षा ८ मा संस्थागततर्फ उत्कृष्ट जिपिए ३.९४ जिपिए ल्याउने सगरमाथा आवासीय माविका आरुसी केसी र आर्य श्रेष्ठ सहित सामुदायिकतर्फ ३.९३ जिपिए ल्याउने उपल्लो पेखु माविका समृद्धि पौडेललाई सम्मान गरिएको छ । उनीहरुलाई जनही १०÷१० हजार नगद सहित सम्मानपत्रले सम्मानित गरिएको हो ।

    सतप्रतिशत नतिजा हासिल गर्ने बिद्यालयमा सामुदायिकतर्फ चक्रदेवी आ.वि, जनप्रिय आ.बि., घुरुङखा आ.वि र संस्थागततर्फ वालिङ स्कोलार्स एजुकेशन एकेडेकी रहेका छन् ।

    यसैगरी, २५ जना भन्दा बढी बिद्यार्थी सहभागी गराई अनिवार्य बिषयमा सतप्रतिशत नतिजा हासिल गर्नेमा संस्थागत बिद्यालयतर्फ सगरमाथा अग्रेंजी आवासीय माध्यमिक बिद्यालयका अंग्रेजी बिषय शिक्षक अनिलकुमार राना, गणित बिषय शिक्षक टेकराज सवदी, बिज्ञान तथा प्रबिधि बिषय शिक्षक बिक्रम तिवारी र पाइजिआज अंग्रेजी आवासिय माध्यमिक बिद्यालयका अंग्रेजी तथा प्रबिधि बिषय शिक्षक शंकर खनाललाई सम्मान गरिएको छ ।

    र, सामुदायिक बिद्यालयतर्फ राष्ट्रिय माध्यमिक बिद्यालयका नेपली बिषयक शिक्षक नेत्रनारायण रेग्मी, महेन्द्र माविका बिज्ञान तथा प्रबिधि शिक्षक श्रीराम ढकाल र सामाजि अध्ययन शिक्षक टेकराज अधिकारी र बालसिद्ध माविका सामाजिक अध्ययन शिक्षक रेशम रेग्मीलाई पनि सम्मान गरिएको छ ।

    नगर शिक्षा समिति अध्यक्ष एवं नगरप्रमुख कृष्ण खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख ख्यामनारायण काफलेले स्वागत र नगर शिक्षा अधिकृत दुर्गा न्यौपानेले संचालन गर्नुभएको थियो ।

    त्यस्तै २०७९ सालमा वैशाख ३१ देखि हालसम्म अवकास प्राप्त ३५ जना शिक्षकलाई पनि सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो । असोज २ मा निर्धारित सो कार्यक्रम जेन—जी आन्दोलनबाट सिर्जित परिस्थितिका कारण स्थथित भएपछि सोमबार बृहत शैक्षिक कार्यक्रम सहित आयोजना गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025

    पुतलीबजारको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई

    November 18, 2025

    नवज्योति कृषि सहकारीको अध्यक्षमा के.सी.

    November 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    November 19, 2025

    सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ

    November 18, 2025

    गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान

    November 18, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन

    November 19, 2025

    मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए

    November 19, 2025

    वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान

    November 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.