Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ उद्योग वाणिज्य संघको १८ औं साधारणसभा सम्पन्न
    वालिङ् नगरपालिका

    वालिङ उद्योग वाणिज्य संघको १८ औं साधारणसभा सम्पन्न

    Syangja SandeshBy Syangja SandeshJanuary 5, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ पुस । वालिङ नगर उद्योग वाणिज्य संघको १८ औँ साधारणसभा सम्पन्न भएको छ ।

    सभाको उद्दघाटन गर्दै नगरप्रमुख कृष्ण खांणले जनप्रतिनिधि नभएको अवस्थामा पनि वालिङ उद्योग वाणिज्य संघले जनप्रतिनिधिले गर्ने काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ । २०५३ सालमा वालिङ नगरपालिका स्थापना भएको र २०५४ सालमा स्थापित संघले अहिलेसम्म अनवरत रुपमा वालिङको पहिचान र समृद्धिका लागी कार्य गर्दै आएको बताउनुभयो ।

    वालिङको पहिचानका लागी संघले गरेका गतिविधि तथा वालिङमा मालपोत कार्यालय, नापी कार्यालयको स्थापना गर्नका लागी संघको निकै ठुलो भुमिका रहेको भन्दै संघको प्रशंसा गर्नुभयो । संघले आफ्नो स्थापना काल देखि स्थानीय उत्पादनको बजारीकरणका लागी गरेका मेला महोत्सवले कृषि उपजको बजारीकरण मात्र नभई वालिङ नामलाई चिनाउन पनि निकै महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।

    प्रमुख खाँणले नेपाल सरकारले लिएको स्मार्ट सिटिको अवधारणालाई पुरा गर्न आँफु नेपाल सरकारका अर्थमन्त्री संग निरन्तर भेटघाट गरि केही अपुरा कार्यलाई निरन्तरता दिन पटक पटक अनुरोध गरिरहेकोले केही अपुरा कार्यहरु आफ्नो कार्यकाल अवधिभर सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । प्रमुख खाँणले संघको विकास गर्नु नगरका व्यापारी व्यवासायीको विकास गर्नु भएको भन्दै यसका लागी आँफू सँधै सकरात्मक रहेको बताउनुभयो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष नवराज सुवेदी, पुर्व अध्यक्ष मञ्चका संयोजक पुण्यप्रसाद अर्याल, पुर्व अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, निर्वतमान अध्यक्ष शोभाकान्त पौडेल, नेपाली कांगे्रसका लक्ष्मीप्रसाद रेग्मी, नेकपा एमालेका उदय श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका राजेन्द्र गैह्रे, व्यवसायी दुर्गा न्यौपाने लगायतले बोल्नुभएको थियो ।

    साधारणसभामा संघका अध्यक्ष चेतनारायण श्रेष्ठले संघको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगानाले स्वागत एवं महासचिव रमेश अर्यालले संचालन गर्नुभएको थियो ।

    कार्यक्रममा संघका संस्थापक अध्यक्ष मिनलाल कर्माचार्यलाई मरणोपरान्त सम्मान गरिएको थियो । यसैगरी, पुर्व अध्यक्षहरु श्यामप्रसाद श्रेष्ठ, कर्णबहादुर श्रेष्ठ, ल्या. यामबहादुर गुरुङ, पुण्यप्रसाद अर्याल र शोभाकान्त पौडेललाई सम्मान गरिएको थियो । त्यस्तै स्थानीय उद्यमीहरु रुपेन्द्र बगाले, अम्बिका बगाले, गंगाकुमारी राना, धनबहादुर सार्की, हेमप्रसाद गैह्रे, पुरुषोत्तम खनाल, युवराज आलेलाई सम्मान गरिएको थियो भने कर्मचारी लामो समय सेवा गरिरहनुभएकी देवीकुमारी पाण्डे, शान्ति शर्मालाई सम्मान गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.