Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 4
    Trending
    • ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    • मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
    • दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
    • राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    वालिङ् नगरपालिका

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    Syangja SandeshBy Syangja SandeshDecember 4, 2025No Comments4 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ मंसिर । स्याङ्जामा पहिलो पटक वालिङ् नगरपालिकाले बुधवारदेखि सडक महोत्सव सुरु भएको छ । ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’ भन्ने मूल नाराका साथ प्रथम वालिङ सडक खाना महोत्सवको आयोजना गरिएको हो ।

    मंसिर १७ गतेदेखि शुरु हुने प्रथम वालिङ सडक खाना महोत्सवको उदघाटन गर्दे जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले वालिङ् नगरपालिकाको मौलिक खानपान, कलासंस्कृति र उद्यमलाई प्रर्वद्धन गर्ने उदेश्यले गरिएको महोत्सवले नयाँ आयाम थपेको र स्थानीय ब्यापार तथा ब्यवसायलाई चलाएमान बनाउने बताउनुभयो । बिभिन्न जातजातीका खाना, स्थानीय कला, संस्कृति सहितका पहिचान साटासाट तथा सम्बद्र्धन गर्नेमा महोत्सव कोशेढ्ुंगा हुने प्रमुख घर्तिको भनाई छ ।

    नगरभित्र रहेका १६ जात—जातीका स्थानीय खानाको संरक्षण तथा दस्ताबेजीकरण, विभिन्न जातजातिको सांस्कृतिक विविधताको प्रचारप्रसार, सडक खाना महोत्सव मार्फत पर्यटन नगरको ब्रान्डिङ, स्थानीय उत्पादनको बजार विस्तार, सामुदायिक एकता सदभाव र पहिचान प्रर्वद्धन गरिने महोत्सवको उदेश्य रहेको नगरप्रमुख कृष्ण खाँणको भनाई छ ।

    महोत्सवमा बिभिन्न २५ वटा स्टलहरु राखिएका छन् । राष्ट्रिय तथा स्थानीय कलाकारको सांगितिक प्रस्तुति सुरु भएकाछन । वालिङ ८ मा स्थित पतञ्जली तथा वालिङ खेलमैदानको आसपासको भागदेखि आँधिखोला कोरिडोर हुँदै सुर्कौदी पुलसम्मको क्षेत्रमा स्टलहरु राखेर बिभिन्न जात जाती गुरुङ, मगर, थकाली, बाहुन, क्षेत्री, नेवार, दमै, कामी, सार्की, लिम्बु, तामाङ, घर्ती, कुमाल, दलित समुदाय तथा अन्य स्थानीय जनजातिहरुका परम्परागत खानाका बिबिधता, कृषि उद्यम प्रवद्र्धन तथा संस्कृतिक धरोहरको प्रवद्र्धनमा जोड दिईने भएको हो ।

    महोत्सवमा जातजातीका परिकारको प्रदर्शन, कला संस्कृति तथा भेषभुषाको बिशेष प्रस्तुती, खानाको संरक्षण तथा प्रवद्र्धन, फलफूल, तरकारी तथा कृषिजन्य उत्पादन प्रदर्शन, सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम ३ दिनसम्म आयोजना गरिने भएको छ ।
    स्थानीय कलाकारहरूको प्रस्तुती, नृत्य–गीत कार्यक्रम, बाल–बालिकाको प्रतिस्पर्धा, जातीय सांस्कृतिक झाँकी र नृत्यजस्ता विविध कार्यक्रम समेटिने छ ।

    पतञ्जली – खेलमैदान–सुर्कौदी पुलसम्म आँधीखोला करिडोड नयाँ सडकमा महोत्सव गर्न लागिएको हो । आँधीखोले सभ्यताको संरक्षण र पहिचान कायम गर्दै महोत्सवले सडकलाई तीन दिनसम्म परिकार, कला र संस्कृतिको खुला मंचमा रूपान्तरण गर्ने जनाइएको छ ।

    नगरपालिकाले सभ्य, भब्य र सुरक्षित महोत्सवका लागि सरोकारवालाबीच सर्वपक्षीय छलफल गरेको छ । महोत्सव स्थल वरपरको सुरक्षा, व्यवस्थापन, सरसफाइ, यातायात र भीड नियन्त्रण लगायत विषयमा सुरक्षाकर्मी सहित स्थानीय स्वयंसेवकहरु खटाइएका छन् ।

    महोत्सवको साँझको सत्रमा प्रशासनको अनुमति लिएर आतिसबाजी समेत प्रर्दशन गरिने भएको छ । महोत्सवले आन्तरिक पर्यटन, व्यापारिक गतिविधि र कृषि उत्पादन तथा उद्यमशीलतामा जोड दिने अपेक्षा लिइएको छ ।

    नगरउपप्रमुख कबिता तिवारीले बिशेषगरी वालिङ्को स्थानीय उत्पादन, रहनसहन, कलासंस्कृति, पहिचान, उत्पादन र उद्यमलाई उजागर एवं पहिचान गर्ने लक्ष्य सहित सडक महोत्सव गरिएको बताउनुभयो । वालिङका १४ वटा वडालाई चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरणमा सहयोग पुग्ने उहाको भनाई छ ।

    सडक महोत्सवले स्थानीय ब्यवसाय चलाएमान बन्नुका साथै अन्य ब्यक्तिकालागि पनि सिकाईको थलो बन्ने नगरपालिकाले जनाएको छ । सडक महोत्सव शभ्य, भब्य, शान्त र शौहार्द वातावरणमा सम्पन्न गर्नकालागि सहयोग गर्न प्रहरी, शसस्त्र, युवा क्लव, आमा समूह, नगरबासी लगायत सरोकारवाला सबैलाई पालिकाले सहकार्यकालागि आब्हान एवं जिम्मेवारी दिएको जनाएको छ ।

    पहिलो पटक गर्न लागिएको महोत्सवको सकारात्मक परिणाम देखिएमा नेपालीको नयाँ बर्षमा पनि आयोजना गरिने भएको छ । नाफामूखी भन्दा सेवामुखी भावले महोत्सव आयोजना गरिएको र न्यून शुल्कमा स्वस्थ्यकर खाना खुवाउनेगरि ब्यवस्थापन गरिएको नगरप्रमुख खाँणले जानकारी दिनुभयो ।

    दिउसो १ बजेदेखि साँझ ९ बजेसम्म संचालन गरिने भएको छ । महोत्सव स्थल वरपरि सीसी क्यामरा सहित बिद्युत्तीय सुबिधाको पनि पर्याप्त ब्यवस्थापन गरिएको छ । महोत्सव स्थल वरपर दुई÷तीन दिनअघिदेखि सरसफाई गरिएको छ । सडकलाई सफा र चम्किलो बनाइएको छ ।खाना परिकारसंगै प्रतिभाको पहिचानमा सहयोग पुग्ने अपेक्षा लिइएको नगर प्रवक्ता पदमराज गुरुङले बताउनुभयो ।

    महोत्सवका लागि ६ लाख ५० हजारको आय—ब्ययको अनुमान गरिएको छ । महोत्सवमा २५ वटा स्टलहरु राखिने भएको छ । कृषिका स्टल निशुल्क उपलब्ध गराइएको छ भने अन्य स्टलकालागि प्रतिदिन एकहजार मूल्य तोकिएको छ । महोत्सवको पहिलो दिनमा विभिन्न विद्यालय तथा समूहहरुले नृत्य गरेका थिए भने चर्चित गायक श्याम राना, जगत गौडेल, तारा पौडेल, बत्तिकुमारी थापा, सम बस्यालका प्रस्तुति भरेका थिए ।

    यसैगरी बिहीवार १८ गते कलाकारहरु राजु गुरुङ, सुनिता नेपाली, रविना गुरुङ तथा राष्टिय लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाका कलाकारको र विभिन्न विद्यालयहरु र स्थानीय व्याण्डहरुको प्रस्तुति रहेने आयोजकले जनाएका छन् ।

    यसैगरी, प्रथम सडक खाना महोत्सवको अन्तिम दिन १९ गते शुत्रवार वालिङ नगरपालिकाले सार्वजानिक विदा दिएको छ । बुधबारदेखि शुरु हुने महोत्सवको अन्तिम दिन शुक्रबार नगरपालिकाले सार्वजानिक विदा दिएको नगरप्रमुख कृष्ण खाँणद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.