Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 21
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङ प्याथोलोजी तेस्रो बर्षमा,चार जिल्लाका नागरिकलाई सहज
    वालिङ् नगरपालिका

    वालिङ प्याथोलोजी तेस्रो बर्षमा,चार जिल्लाका नागरिकलाई सहज

    Syangja SandeshBy Syangja SandeshJanuary 15, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    वालिङ १ माघ । विरामीहरुलाई सहज गराउनका लागि वालिङमा सञ्चालन गरिएको ‘वालिङ प्याथोलोजी प्रालि’ तस्रो बर्षमा प्रवेश गरेको छ । जिल्लामा नै पहिलो पटक अत्याधुनिक उपकरणबाट रगत तथा दिशापिसावको परीक्षण गर्न भन्दै दुई बर्ष अगाडि वालिङमा प्रयोगशाला सञ्चालन गरिएको थियो ।

    स्याङ्जा तथा आसपासका विरामीलाई सहज सेवा उपलव्ध गराउन भन्दै आफूहरुले गरेको प्रयास सफल भएको वालिङ प्याथोलोजीका अध्यक्ष मनोज खनालले बताउनु भयो । उहाँले भन्नुभयो,“रगतको सामान्य परीक्षण वालिङमा हुने गरेको भए पनि थाईराईड लगायतका परीक्षणका लागि पोखरा र पाल्पा जानु पर्ने बाध्यता थियो, जुन अहिले हटेको छ ।” रगतको नमुना लिएर पोखरा पठाउँदा यसको विश्वसनियता कमजोर हुने गरेको भन्दै विरामीको सहजताका लागि अत्याधुनिक प्रयोगशाला सञ्चालनमा ल्याईएको खनालले बताउनु भयो ।

    प्रयोगशाला सञ्चालनमा आएसँगै स्याङ्जा सहित पाल्पा,पर्वत र गुल्मी लगायतका जिल्लाका नागरिकलाई सहजता आएको सञ्चालन स्रिजन खनालले बताउनु भयो । वालिङमा नै सहज सेवा पाउँदा जिल्लाका नागरिकलाई सजिलो भएको भन्दै आर्थिक भार समेत कम परेको खनालको भनाई छ ।

    वालिङ नगरपालिका–९ तल्लो वालिङमा रहेको प्रयोगशालामा दैनिक एक सय जना भन्दा धेरैको रगत तथा दिशापिसावको नमुना परीक्षणका लागि आउने प्रयोगशालाका प्रमुख जय प्रसाद ठाकुरले बताउनु भयो । प्रयोगशाला तेस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा गरीएको कार्यक्रममा बोल्नुहुँदै गह्रौं प्राथमिकत अस्पतालका ल्याव टेक्निसियन ईश्वर कोईरालाले अत्याधुनिक उपकरण सहित वालिङमा सञ्चालनमा आएको प्रयोगशालाले विरामीलाई सजिलो भएको बताउनु भयो ।

    २०७९ माघ १ गते वालिङमा मनोज खनाल,स्रिजन खनाल,राजेश बस्नेत,अनिता रेग्मी कोईराला र शर्मिला कुमारी ठाकुर मिलेर अत्याधुनिक प्रयोगशाला सञ्चलनमा ल्याउनु भएको हो । तेस्रो बर्षमा प्रवेश गरेसँगै प्रयोगशालाले थप नयाँ उपकरणको साथमा रगत दिशापिसावको नमुना परीक्षणको काम सुरु गरेको जनाएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.