स्याङ्जा २७ माघ । वालिङमा हुन लागेको ‘पिंक सिटि महोत्सव’ को मिति सारिएकोे छ । यसअघि फागुन ९ गते हुने भएको महोत्सवलाई फागुन २१ गतेबाट गर्नेगरि मिति सारिएको आयोजकले जनाएका छन् ।
वालिङ चेम्वर अफ कमर्शको आयोजनामा पहिलो पटक हुने महोत्सवको समय परिवर्तन गरिएको संस्थाका महासचिव गणेश राउतद्धारा हस्ताक्षरित प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
महासचिव राउतद्धारा प्रकाशित प्रेस बिज्ञप्तीमा भनिएको छ,“वालिङ चेम्बर अफ कमर्स द्वारा वालिङको सान, कृषि, खेलकुदहरु, कला संस्कृति, पर्यटन तथा औद्योगिक विकास हाम्रो पहिचान भन्ने मुल नाराका साथ वालिङ सिटि महोत्सव मिति ९ देखि १८ गते सम्म आयोजना गरिएकोमा, वालिङ उद्योग वाणिज्य संघले नारा र नाम मिल्दोजुल्दो भएको हुनाले फरक बनाउन दिएको सुझाव, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ द्वारा आयोजना गरिएको ७ औं महोत्सव ६ देखि १८ सम्म समेत एकै समयमा परेको हुनाले स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श तथा तथा विभिन्न राजनितिक दल, उद्योगी व्यापारी संघ संस्था समेतको सुझाव लाई मध्यनजर गर्दै बैठकबाट २१ गते देखि फागुन ३ गते सम्म महोत्सव आयोजना गर्नेगरि मिति सारिएको भनी उल्लेख छ ।
यस अघि फागुन ९ गतेबाट हुने तय भएको महोत्सवको समय परिवर्तन गरी फागुन २१ गते पुर्याईएको मूल आयोजक समितिका अध्यक्ष प्रकाश न्यौपाने किरणले जानकारी दिनुभयो । जिल्लाका ब्यवसायी संघ, संस्था, राजनीतिक दल तथा उद्योग ब्यवसायीका सुझाव बमोजिक महोत्सवको मिति सारिएको अध्यक्ष न्यौपानेको भनाई छ ।
