Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, December 2
    Trending
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    • गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
    • भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
    • वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
    • मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
    • एमाले स्याङ्जाको महाधिवेशन प्रतिनिधि छनोैट सर्बसम्मत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » वालिङका नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर
    पुतलीबजार नगरपालिका

    वालिङका नागरिकलाई उद्यमशीलतामा जोड्दै हेफर

    Syangja SandeshBy Syangja SandeshApril 8, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ चैत । वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ ।

    नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो ।

    नगरपालिकामा आयोजना गरिएको परियोजना अनुगमन तथा समन्वय समितिको बैठक तथा छलफलमा क्रममा परियोजनाका क्रियाकलाप साना तथा महिला कृषक सम्म पुगेको जानकारी गराईएको हो । नगरपालिकाका एक हजार ६ सय घर परिवारलाई उद्यामशीलतामा जोड्ने योजना सहित सुरु गरिएको परियोजना अन्तर्गत अहिले सम्म एक हजार तीन सय जना घर परिवार आवद्ध भईसकेको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।

    साना किसानको गोठ सुधार,बाख्राको नस्ल सुधार बेमौसमी तथा मौसमी तरकारी खेती र बजारीकरण लगायतका विषयमा काम गर्दै आएको छ । समीक्षा कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले कार्यक्रम सुरु भएको छोटो अवधीमा नै उत्कृष्ट काम गर्न सफल भएको बताउनु भयो । नागरिक समक्ष पुग्ने कार्यक्रम भएकाले उद्यमशीलताको विकासमा सहयोगी भएको बताउनु भयो ।

    साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै नागरिक आर्थिक रुपमा सबल र सक्षम हुने नगरप्रमुख खांणको भनाई छ । पालिकाले विभिन्न साझेदार संघसंस्थासँग मिलेर आर्थिक रुपमा सवल बनाउने काम गरिरहेको प्रमुख खांणले बताउनु भयो ।

    कार्यक्रममा बोल्ने वडा अध्यक्षहरुले परियोजनालाई १४ वटै वडामा बिस्तार गर्न सुझाव दिएका छन् । वडा नं. १ वडा अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले वडा तहका साना किसान तथा महिलालाई उद्यमशीलतामा जोड्न सहयोगी भएको बताउनु भयो ।

    सो अवसरमा वडा अध्यक्षहरु पोतप्रसाद लम्साल,भीम बहादुर गुरुङ,छबिलाल आले,श्यामकृष्ण श्रेष्ठ, पाण्डुकुमार थापा लगायतले महिलालाई उपार्जनमा जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँहरुले कार्यक्रमको प्रभावकारिता रहेको भन्दै १४ वटै वडामा सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा नगरउपप्रमुख कविता तिवारी गैह्रे, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, विभिन्न वडाका वडा अध्यक्ष लगायतले कार्यक्रमको बारेमा बोल्नु भएको थियो । छलफलमा कार्यपालिका सदस्यहरु,विभिन्न शाखाको प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

    सो अवसर चालु आर्थिक बर्ष २०८१÷८२ को फागुन सम्ममा गरिएका क्रियाकलापको बारेमा जानकारी गराईएको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025

    वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025

    गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम

    December 2, 2025

    भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम

    December 2, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025

    पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान

    December 2, 2025

    त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी

    December 2, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.