Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, November 5
    Trending
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    • जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    • जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
    वालिङ् नगरपालिका

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    Syangja SandeshBy Syangja SandeshNovember 5, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ कात्तिक । जापान सरकारले स्याङजाको वालिङ नगरपालिकालाई अत्याधुनिक उपकरण सहितको दमकल उपलब्ध गराएको छ ।

    आगलागी नियन्त्रण, उद्धार कार्य र आपतकालीन सेवा सुदृढीकरणका लागि भन्दै वालिङ् सहित देशभरका १२ वटा स्थानीय तहलाई अत्याधुनिक दमकल (फायर ट्रक) हस्तान्तरण गरेको हो ।

    दमकलमा पानी र रासायनिक दुवै पदार्थ प्रयोग गर्न सकिने सुविधा रहेको छ । जापान सरकारको “ग्रान्ट असिस्टेन्स फर ग्रास रुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी)” कार्यक्रम मार्फत उपलब्ध गराइएको हो ।

    भोलिन्टियर कर्भस नेपाल र युनाइटेड मिसन टु नेपाल नामक दुई गैर–सरकारी संस्था मार्फत दमकल प्राप्त गर्न सहयोग पुगेको बताइएको छ । करिब एक करोड बराबरको मूल्य रहेको दमकल सशस्त्र प्रहरी बल नेपाल नं. १९ हेडक्वाटरबाट हस्तान्तरण गरिएको थियो ।

    जापान सरकारको सहयोगले नेपालमा आपतकालीन सेवामा सहज पुग्ने र क्षति हुनबाट जोगाउने भोलिन्टियर कर्भस नेपालका अध्यक्ष दीपक चापागाईको भनाई छ । बसोबास भएका बजार क्षेत्र लगायत ठूल्ठूला उद्योग, पेट्रोलपम्प र आवासीय क्षेत्रमा लाग्ने आगलागी नियन्त्रणमा समेत छिटो छरितो र प्रभावकारि हुने उहाले बताउनुभयो ।

    वालिङ्मा दमकलको अभाव भएकै बेला सुबिधासम्पन्न दमकल प्राप्त भएपछि नगरप्रमुख कृष्ण खाँणले जापान सरकार र परियोजना साझेदार संस्थाप्रति धन्यवाद ब्यक्त गर्नुभयो । “यो दमकल केवल वालिङ नगरपालिकाभित्र मात्र सीमित रहने छैन । आवश्यक पर्दा यसलाई छिमेकी गाउँपालिका र जिल्लामा समेत परिचालन गर्नेछौं ।” प्रम्ुख खाँणले जानकारी गराउनुभयो ।

    सन् १९९१ देखि सञ्चालनमा आएको जापान सरकारको ग्रान्ट असिस्टेन्स फर ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजिपी) कार्यक्रमले नेपालमा हालसम्म २ सय भन्दा बढी परियोजना कार्यान्वयन गरिसकेको छ । ती परियोजनाहरूमा विद्यालय भवन निर्माण, स्वास्थ्य सेवा विस्तार, खानेपानी प्रणालीसुधार, सडक निर्माण, र आपतकालीन सेवाको सुदृढीकरण जस्ता क्षेत्रमा जापान सरकारको सहयोग रहँदै आएको छ ।

    नगरपालिकाहरूले अब आगामी वर्षदेखि दमकल सञ्चालन र मर्मतका लागि आवश्यक बजेट छुट्याउने, चालक र प्राविधिक तालिमदिने, र आपतकालीन तयारी योजनालाई संस्थागत रूप दिने योजना अघि सारेका छन् ।

    कोशी, लुम्बिनी, मधेश, बागमती र गण्डकी प्रदेश अन्र्तगतका १२ वटा नगरपालिकालाई दमकल उपलब्ध गराइएको छ । गण्डकी प्रदेश अन्र्तगत वालिङले मात्र सो दमकल प्राप्त गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025

    जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान

    November 3, 2025

    उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा

    November 3, 2025

    यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो

    November 3, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.