स्याङ्जा ४ भदौ । निबृत्त राष्ट्र सेवक समाज गण्डकी प्रदेशको निर्देशनमा पालिकास्तरीय निबृत्त राष्ट्र सेवक प्रथम परिषद भेला तथा अर्जुनचौपारी गाउँपालिकामा सम्पन्न भएको छ ।
भेलामा निबृत्त राष्ट्र सेवकप्रतिका समस्या र राज्यका दुष्ट्रिकोणका बारेमा छलफल एवं अन्र्तक्रिया भएको थियो । संबिधानको धारा ४१ ले दिएको अधिकार राज्यले वेवास्ता गरेको बताइएको छ । जेष्ठ नागरिकका लागि ५० प्रतिशत यातायात छुट र औषधी उपचारमा पनि ५० प्रतिशत छुट हुदा पनि सो सेवा पाउन नसकेको समस्या सुनाएका थिए ।
सरकारले निबृत्तलाई महंगी भत्तामा उपेक्षा गरेको, हेलाहोचा गरेको गुनासा सुनाएका थिए । निबृत्त राष्ट्रसेवकका सीप र क्षमता पहिचान गदैृ सदुपयोग गर्न समेत उनीहरुका माग रहेको प्रदेश अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी, यही भदौ १७ गते पोखरामा ८५ औं पेन्सन डे मनाउने तयारी भैरहेको पनि उहाले भन्नुभयो । उहाका अनुसार, ‘नेपालमा जुुद्ध शम्शेर राणाको पालादेखि विस १९९८ भदौ १७ बाट पेन्सनको ब्यवस्था सुरु भएको हो ।’
अर्जुनचौपारी गाउपालिकाका संयोजक धर्मबन्धु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोधराज अर्यालले स्वागत एवं जयप्रसाद गौतमले संचालन गर्नुभएको थियो ।
भेलालाई गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र समाजका गण्डकी प्रदेश अध्यक्ष धुवराज अधिकारीले संयुक्त उदघाटन गरेका थिए ।