स्याङ्जा ९ मंसिर । उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि भन्ने नाराका साथ आइतवार दशौं राष्ट्रिय दिवस स्याङ्जामा मनाइएको छ । पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा उद्यमी सम्मान तथा अन्तरक्रियागरि मनाइएको हो ।
कार्यक्रममा ५ जना उद्यमीलाइृ सम्मान गरिएको थियो । सम्मानित हुनेमा सृजना कुवर, इन्द्रकुमारी थापा, सुन्दरप्रसाद श्रेष्ठ, रमेश सुवेदी र पृथ्वीराज अर्याल रहनु भएको छ ।
उहाहरुलाइृ प्रजिअ सुनिता नेपाल र पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायण प्रसाद ढकालले सम्मानपत्रद्धारा सम्मान गर्नुभएको हो ।
उद्यमीहरुलाई सम्मान गर्दै प्रजिअ सुनिता नेपालले सकारात्मक सोच र कामले मानिसलाई सफल बनाउने बताउनुभयो । स—साना लगानीबाट ठूला उद्यम संचालनगरि आफु र धेरै परिवारलाई रोजगारको अवसर दिने उद्यमी सम्मानयोग्य हुनेमा जोड दिनुभयो ।
करदाता कार्यालय प्रमुख गंगा बस्याल, उद्योग वाणिज्य संघ स्याङजा जिल्ला अध्यक्ष महादेव श्रेष्ठ, च्याम्बर अफ कमर्शमा अध्यक्ष लोकनाथ रेग्मी, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष संघ ताम्राकार, सम्मानित उद्यमी रमेश सुवेदी र पृथ्वीराज अर्याल लगायतले उद्योग दिवसको शुभकामना सहित आ आफना क्षेत्रगत समस्या र अवसरका बारेमा जानकारी गराउनु भएको थियो ।
पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख नारायणप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा अधिकृत खुमलाल ढकालले स्वागत एवं स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका सचिव रामप्रसाद लम्सालले संचालन गर्नुभएको थियो ।