Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा र पर्वतका चार स्वास्थ्य भवन ३ वर्षदेखि अलपत्र
    समाचार

    स्याङ्जा र पर्वतका चार स्वास्थ्य भवन ३ वर्षदेखि अलपत्र

    Syangja SandeshBy Syangja SandeshOctober 8, 2025Updated:October 8, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २१ असोज । नागरिकलाई सुविधा सम्पन्न भवनबाट समयानुकूल स्वास्थ्य सेवा दिने लक्ष्य अनुसार निर्माण गर्न लागिएको स्याङ्जा र पर्वतका चार स्वास्थ्य संस्था ३ वर्षदेखि अलपत्र अवस्थामा रहेका छन् ।

    स्याङ्जाका ३ र पर्वतको १ गरी एकै पटक ठेक्का आव्हानबाट निर्माण प्रक्रिया थालिएका स्वास्थ्य संस्थाको भवन ३ वर्षदेखि अलपत्र अवस्थामा पुगेका हुन् । वि.सं. २०७७ सालमा ठेक्का आह्वान भएर २०७९ सालमा भवन निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, निर्माण कम्पनीको लापरबाहीले ४ स्वास्थ्य संस्थाका भवन निर्माणकै क्रममा अलपत्र अवस्थामा पुगेका हुन् ।

    स्याङ्जाको वालिङ नगरपालिका–१ धनुबाँसेस्थित एवादी आयुर्वेद औषधालय, अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर आयुर्वेद औषधालय र सेतीदोभान प्राथमिक स्वास्थ्य केन्द्र र पर्वतको बराचौर प्राथमिक स्वास्थ्य केन्द्रका भवन हाल अलपत्र अवस्थामा रहेका छन् ।

    तीनवटा स्वास्थ्य संस्था एउटै निर्माण कम्पनीले सम्झौता गरेको थियो भने एक स्वास्थ्य संस्था भवनको निर्माणका लागि अर्को निर्माण कम्पनीले जिम्मा लिएको थियो । आरुचौर आयुर्वेद औषधालय, सेतीदोभान प्राथमिक स्वास्थ्य केन्द्र र बराचौर प्राथमिक स्वास्थ्य केन्द्र भ्याली÷बाबुरत्न जेभी काठमाडौंले ३ वर्षमा सक्नेगरी सम्झौता गरेको थियो ।

    धनुबाँसे खहरे आयुर्वेद औषधालय सेफ इन्जिनियरिङ बिल्डर्स भरतपुर चितवनले ३ वर्षमा सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । निर्माण कम्पनी भ्याली÷बाबुरत्न जेभी काठमाडौंले तीनवटा स्वास्थ्य संस्था निर्माण गर्न १२ करोड ७१ लाख १६ हजार ९ सय ३० रुपैयाँ भ्याट बाहेकमा सम्झौता गरेको थियो भने सेफ इन्जिनियरिङ बिल्डर्सले एक करोड ५८ लाख ८६ हजार १५५ रुपैयाँ भ्याट बाहेका सम्झौता गरेको थियो ।

    दुई कम्पनीले फागुन २०७७ फागुनमा ३ वर्षमा सक्ने गरी भवन निर्माणको सम्झौता गरेको सहरी विकास तथा भवन कार्यालय कास्कीका इन्जिनियर अच्युत पौडेलले बताए । भ्याली÷बाबुरत्न जेभीले निर्माण गर्ने जिम्मा पाएको ठेक्काको म्याद चार पटकसम्म थपिएको छ ।

    अन्तिम पटक २०८२ भदौसम्म सम्पन्न गर्नेगरी म्याद थप गरिएको इन्जिनियर पौडेलले जानकारी दिनुभयो । ‘पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले बेवास्ता गरिरहेको छ ।’ पौडेलले भन्नुभयो , ‘अन्तिम पटक थपिएको म्यादमा सकिएपछि जरिवाना तोक्ने तयारीमा छौं ।, अब म्याद थप्ने कुनै आधार नभएको र दुई सय दिनमा काम सम्पन्न नगरेमा कार्यालयले कालोसूचीमा राख्ने तयारी गरेको समेतले पौडेलले जानकारी दिनुभयो ।

    अब भवन निर्माण सम्पन्न गरेपनि कम्पनीलाई सम्झौता अनुसारको रकमका आधारमा हरेक दिन शून्य दशमलव ५ प्रतिशतका दरले जरिवाना लगाउने पौडेलले बताउनुभयो । वालिङको धनुवाँसे आयुर्वेद औषधालय निर्माणको शुरुवात देखिनै स्थानीयको बिरोधले केही ढिला हुन गएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हाल पछिल्लो समय विवाद निरुपण भएको छ ।

    समयमै भवन निर्माण नहुँदा चार वटै स्वास्थ्य संस्थाले भाडाको घरबाट सेवा प्रवाह गरिरहेका छन् । जसले गर्दा सुविधा सम्पन्न स्वास्थ्य संस्थाबाट पाउनुपर्ने सेवाबाट नागरिक वञ्चित भएका छन् भने भाडा तिर्नुपर्ने अवस्थाले सरकारलाई ठुलो आर्थिक क्षति भएको छ । कार्यालयका अनुसार स्याङ्जाका तीनवटै निर्माणाधीन स्वास्थ्य भवन ४५ प्रतिशतदेखि ७० प्रतिशत काम भएका छन् ।

    भ्याली÷बाबुरत्न जेभीका सञ्चालक रमेश अबालेले पेटी (सहायक) ठेकेदारमार्फत काम गराउँदा धोका भएकाले समस्या उत्पन्न भएको सुनाउनुभयो । आउँदो पुस मसान्तभित्र जसरी पनि भवन निर्माण सम्पन्न गर्नेगरी अगाडि बढेको अबालेले जनाउनुभयो । दसैं सकिए लगत्तै दुर्तगतिमा काम सुरु गर्ने र कार्यालयले जरिवाना गरेपनि काम नरोकिने उहाले बताउनुभयो ।

    यता, सेफ इन्जिनियरिङ बिल्डर्सका सञ्चालक सूर्य पौडेल भने सम्पर्कमा आएनन् । समयमै काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने कानूनी व्यवस्था भए पनि राजनीतिक आडमा छुटकारा पाउँदै आएको जानकारहरुको बुझाई छ । जसले गर्दा अधिकांश विकास निर्माणका कामहरु समयमै नसकिने प्रवृत्ति बढ्दै गएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.