Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    वालिङ् नगरपालिका

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    Syangja SandeshBy Syangja SandeshSeptember 21, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ४ असोज । वालिङ नगरपालिकाको –१ यवादीमा आयुर्वेद अस्पताल निर्माणकार्य अलपत्र परेको छ । ठेकेदारको लापरवाहीले भवन निर्माण कार्य अलपत्र परेको हो । २०७९ सालमा शिलन्यास भएको उक्त अस्पतालको भवन निर्माणकार्य अलपत्र परेको छ ।

    सेफ इन्जिनियरिङ विल्डर्स चितवनले १५ महिनामा सम्पन्नगर्ने गरी २०७९ भदौमा सुरु भएको निर्माण कार्य हालसम्म सकिएको छैन । ३ वर्ष पुरा भैसक्दा पनि भवन निर्माणको काम सक्ने गरी निर्माण कम्पनीले काम अगाडि बढाएको छैन । एकसरो भवनको संरचना निर्माण भएता पनि अन्य काम अलपत्र अवस्थामै छ । उक्त अस्पताल २०७७ सालमै निर्माण सुरु गर्न लागिएको अवस्थामा जग्गा अपुग हुने देखिएपछि जग्गा थप गरी ०७९ बाट निर्माण आरम्भ गरिएको हो ।

    दुई करोडको लगानीमा १८ कोठे आयुर्वेदिक अस्पताल बन्ला र सहज उपचार सेवा पाइएला भन्ने स्थानीयको सपना अपुरै छ । अस्पताल निर्माणमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरिएकोमा अहिलेसम्म कुनै सुनुवाइन भएको स्थानीयवासीले गुनासो गरेका छन् । ठेकेदारको लापरवाहीका कारण अस्पताल खण्डहर हुने अवस्थामा पुगेको वडाध्यक्ष पदमराज गुरुङले बताउनुभयो ।

    अस्पताल संरक्षण समितिका अध्यक्ष समेत रहेका गुरुङले झण्डै दुई करोडको आयोजना अलपत्र र लथालिङ्ग अवस्थामा रहेको बताउनुभयो । हामीले पटकपटक ठेकेदारलाई ताकेता गर्दा पनि कुनै सुनुवाई गरेनन् । हामीले शहरी विकास कार्यालय पोखरालाई पनि कामको अनुगमन गरी ठेकेदारलाई कारवाहीगर्न माग गरेका छौं । ठेकेदारको हेलचेक्राइले गर्दा निर्माणकार्य अघिबढ्न नसकेको गुरुङ्ले बताउनुभयो । अस्पतालको सेवा प्रभावकारी बनाउने योजना अपुरो भवन बाधक बनेको उहाको भनाई छ ।

    शिलन्यास गरेको लामो समय बितिसक्दा पनि ठेकेदारले चासो नदिँदा अस्पताल निर्माण अघिबढ्न सकेको छैन् ।’ वडाध्यक्ष गुरुङ्ले भन्नुभयोे, ‘निर्माणकार्य अघिबढ्न नसक्दा बर्सेनि आउने बजेट पनि फ्रिज हुँदै गएको छ ।’३ वर्ष अघिशिलन्यास गरिएको भए पनि अस्पताल निर्माणको काम ५ वर्ष अघिदेखि सुरु भएको हो, तर हालसम्म पनि अलपत्र अवस्थामै रहेको उहाले बताउनुभयो ।

    नया भवनको काम सकिए जनशक्ति व्यवस्थापन गरेर उपचार सेवा प्रभावकारी बनाउन हुन्थ्यो तर कहिले भवन बन्छ? भवनबन्ने टुंगो छैन । ठेकेदारले निर्माणमा ढिलाई गर्दै कृतिम बाहाना बनाउने प्रवृत्ति देखाएको अस्पतालका प्रमुख हरी अर्यालको गुनासो छ । थोरैथोरै कामगर्दै म्यादथप्दै गरेको निर्माण कम्पनीले कहिलेसम्म काम सम्पन्न गर्ने हो कुनै टुंगो छैन अर्यालले भन्नुभयेो ।
    भवन निर्माण भएकै स्थानमा यसअघि आयुर्वेद अस्पताल संचालनमै थियो । तर अब बन्ने अस्पतालबाट बाथ रोगीकालागि स्टिमबाथ, मसाज, बिरामी परीक्षण, औषधी उपचार, जडिबुटी नमुना संकलन र पन्चकर्म सेवा संचालन हुने बताईएको छ ।

    भवन शहरी विकास तथा भवन निर्माण संघीय आयोजना कार्यान्वयन इकाई कास्कीद्धारा टेण्डर आव्हान भै निर्माण सुरु भएको होे । अस्पतालकालागि जग्गा स्थानीय स्व. भिमबहादुर पाण्डे र उहाका छोराहरु कुमार पाण्डे, कल्याण पाण्डे र दिपेन्द्र पाण्डेले निशुल्क प्रदान गर्नुभएको हो । भवनको नर्माण कार्यमा ढिलाई भएको विषयमा बुझ्न निर्माण कम्पनीका सुर्यप्रसाद पौडेललाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.