स्याङ्जा २२ असोज । सामाजिक सञ्जालमा जथाभावी लेखी पोष्ट गरेको आरोपमा ३३ बर्षिय पुष्पक थापा पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नं. ९ बस्ने ३३ बर्षिय थापाले फेसबुक पेजमा स्याङ्जाबासी तथा स्याङ्जा प्रहरी बिरुद्धका फोटा सहित अर्नगल, झुठो र कपोकल्पित ब्यहोरा सहितको विवरण पोष्ट गरेको प्रहरी निरीक्षक कमल नेपालीले जानकारी दिनुभयो ।
आरोपित थापालाई असोज २१ गते पक्राउगरी आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडी बढाएको पनि प्रहरी भनाई छ ।